२०८२, २९ भाद्र आईतबार

चीनविरुद्ध नेपालको भूमि प्रयोग हुँदैन : देउवा

चीनविरुद्ध नेपालको भूमि प्रयोग हुँदैन : देउवा


काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको भूमि चीन बिरुद्धमा प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको नेपाल–चीन सम्बन्धबारे कार्यक्रममा

पूर्वप्रधानमन्त्रीसमेत रहेको सभापति देउवाले नेपालले ‘एक चीन नीति’ बताए र त्यसमा प्रतिवद्ध रहेको बताए । 

‘एक चीन नीति नेपालले लिएको छ,’ देउवाले भने, ‘मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु ।’

उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, संस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे । 

उनले दुई देशबीचको सांस्कृतिक, शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८२, २२ बैशाख सोमबार  ६ : १५ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि