२०८३, ४ आश्विन सोमबार

कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को उपहार ‘पिताम्बर’

कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को उपहार ‘पिताम्बर’

‘पिताम्बर’टोली उत्साहित, कृषा भन्छिन् : सबै पीडा भुल्यौं


काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली एक्सन फिल्म ‘पिताम्बर’ले हलहरुमा राम्रो शो पाइरहेको छ ।
आइतबार काठमाडौंमा आयोजना गरिएको प्रेस शोपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा निर्देशक कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको जानकारी दिइन् ।
उनले शुक्रबारदेखि नै धेरै सन्देशरु आइरहेको, हल भिजिटमा जाँदा उत्तिकै माया पाइराखेको कारण सुटिङको दौडानमा परेका अप्ठ्याराहरु नै भूलेको बताइन् ।


उनले भनिन्,‘सिनेमाले राम्रो प्रतिक्रिया पाउँछ । दर्शकले माया गर्नुहुन्छ भनेर विश्वास थियो, त्यही भइरहेको छ । धेरै तनाब पनि लिएको छैन् । शुक्रबारदेखि नै सकरात्मक सन्देशरु पाइरहेका छौं । हल भिजिटमा जाँदा उत्तिकै माया पाइराखेको छौं । जसले गर्दा सुटिङको दौडानमा परेको कठिनाइहरु विर्सेको छु ।’ त्यस्तै नायक प्रदीप खड्काले आफ्नो फिल्म करियरकै सबैभन्दा राम्रो फिल्म ‘पिताम्बर’ भन्ने दर्शकहरुको प्रतिक्रिया आइरहेको सुनाए ।
उनले भने,‘फिल्मले धेरैलाई तान्छ । मेरो ११ वर्षको करियरमा सबैभन्दा राम्रो फिल्म बनेको रहेछ भनेर प्रतिक्रिया दिनुभएको छ ।’
त्यस्तै अभिनेत्री दिव्या रायमाझीले आफू कहिल्यै पनि एक्सन फिल्म हेर्न मन नपराउने भनेपनि पिताम्बर हेरेर आफू फ्यान भएको बताइन् ।उनले भनिन्,‘म कहिल्यै पनि एक्सन मूमी नहेर्ने मान्छे हुँ । तर पिताम्बरको फ्यान हुन पुगें । प्रदीप खड्काजीले पहिले यस्तो एकसन मूभी गर्नुभएको थिएन । धेरै राम्रो चलचित्र बनेको छ ।’

प्रकाशित मिति : २०८१, ३० चैत्र आईतबार  ५ : ३८ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग