२०८३, ११ श्रावण मंगलबार

सहकारीबाट लप्सीको पाउँ उदेमी बनेका देवका श्रेष्ठ

सहकारीबाट लप्सीको पाउँ उदेमी बनेका देवका श्रेष्ठ


लप्सीको पाउँ अर्थात अमिलो देख्ने बितिकै जोकोहीको मुख रसाउँछ । भक्तपुरका टेलरिङ्ग व्यवसायी देवका श्रेष्ठको पनि यस्तै भयो । टेलरिङ्ग व्यवसाय गर्दा गर्दै उहाँले आफूले मात्र अमिलोको रसपान गरेनन, व्यवसाय नै परिवर्तन गरी चम्पक पाऊँ उद्योग नै खोल्न पुग्नु भयो । लप्सी र अमलाको रातो र सेतो पाऊँ बनाउने मात्र होइन बजारसम्म पुर्याउन उहाँले १० जनालाई रोजगारी दिदै आएकी छिन । चम्पक पाऊँ उद्योग खोलेपछि आफ्नो परिवारका सबै सदस्यहरुलाई त स्वरोजगार नै भयो, अरुलाई पनि काम दिन सक्षम देवका श्रेष्ठले आफू मात्र उन्नती र प्रगति गर्ने पक्षमा छैनन् । त्यसैले उहाँ आफ्नो पाऊँ उद्योगसँगै सामुहिक बचत अभियान चलाउँदै टोलका अन्य दिदी बहिनीहरुको जीवन सुधार अभियानमा लाग्दै आएकी छिन् ।
दिदी बहिनीहरुको बचत कोषलाई विकास गरी छिन्नमष्टा महिला बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएसँगै सहकारी अभियान र अमिलो व्यवसायलाई सँगसँगै अगाडी बढाएकी श्रेष्ठले सहकारी मार्फत दिदी बहिनीहरुलाई विभिन्न सिप पनि आदान प्रादान गरेकी छन् । महिला दिदी बहिनीहरुको रु. २५।२५ जम्मा गरी सुरु भएको छिन्नमष्टा महिला साकोसले बिगत १६ वर्षको अन्तरालमा १८ करोड रकमको कारोवार गर्न सफल भएको भन्दै उहाँले यो सहकारीको अध्यक्ष भएरै भक्तपुर जिल्ला कै एक उत्कृष्ठ सहकारीको दर्जामा पुर्याउन पाएकोमा आफू निकै सुखी र सन्तुष्ट भएको बताएकी छिन् । तर यो सन्तुष्टी भने आफ्नै नेतृत्वमा चलेको चम्पक पाउँ उद्योगमा अझै पाएकी छैनन् ।
कुनै बेला बेलायत सम्म पनि आफ्नो उत्पादन निर्यात भएको भन्दै उहाँले खाद्य ऐन नियम पूरा गर्न नसक्दा आफूले सोचे जस्तो पाऊँ उद्योग विकास गर्न नसकेकाले अव नयाँ पुस्तालाई यो जिम्मेवारी दिन आफूले तयारी थालेको बताएकी छिन् ।
चम्पक पाऊँले ब्राण्ड बनाएकी देवकी श्रेष्ठले स्वदेशमा भने सेतो र रातो रंगका १०।१२ प्रकारका अमिलो बनाएर बजार पुर्याउने गरेकी छिन् । चम्पक पऊँ काठमाण्डौ उपत्यकाका तीन जिल्ला सहित छिमेकी जिल्ला काभ्रेको बनेपा, पनौती, हेटौडा, पोखरा जस्तो देशका मुख्य मुख्य सहरसम्म पनि पुग्ने गरेको छ ।
विदेशमा भने आफ्नै ब्राण्डमा पुर्याउन सक्नु भएकी छैनन् । त्यसैले उहाँले आफ्ना सपना पूरा गर्न आफ्नी छोरीलाई फुड टेक्नोलोजीमा डाक्टर पठाएकी छिन् । यो व्यवसाय गर्दा गर्दै आफ्नो छोरालाई आइटी इन्जिनियर बनाइकी छिन्, बहिनीको छोरालाई एमविविएस पढाएकी छिन् भने छोरीलाई फुड टेकनोलोजी विशेषज्ञ बनाउन सफल भइन । यी नै छोरीले नेपाली अमिलो विश्वसामु पुर्याउने विश्वास जगाएकी देवकी श्रेष्ठले आफ्नो सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भनेकि छिन् ।
अमिलो व्यवसायी बीचको अस्वस्थताले गत बर्ष व्यवसाय नै डरमराएको महसुस गरेकी देवकीले आफ्नो चम्पक पाऊँ उद्योगलाई संस्थागत गर्न भने पछि होइन अघि सरेकी छिन् । आफै अध्यक्ष भएर काम गरिसकेको छिन्नमष्ता महिला साकोसबाट रु. ५० लाखको ऋण लिएर चम्पक पाऊँ उद्योगकालागि भवन निर्माण गरेकी छिन् । भक्तपुर घरेलु साकोसबाट पनि स्वरोजगार कोषको ऋण सदुपयोग गर्नु भएकी देवकीले हाइजेनिक पाऊँ उत्पादनलाई मात्रै स्थान दिएको बताएकी छिन् । बजारमा धेरै किसिमका पाऊँ छन् त्यस मध्ये अमला र लप्सीको मात्रै अर्गानिक अमिलो उत्पादन र प्रर्वधन गर्ने उहाँको उदेश्य छ । तर अन्तर्राष्ट्रिय मूल्यमान्यता र नीतसँगतरुपले आफ्नो व्यवसाय प्रवर्धन गर्न भने पर्याप्त श्रोत साधनको कमी महसुस गरिरहनु भएकी छिन् । अमला र लप्सी नेपालको मौलिक उत्पादन भएकोले यो विश्व बजारमा बिक्ने उहाँको विश्वास हो । विश्व बजारसम्म पुर्याउन आवश्यक प्रविधिको विकासमा जुति रहेकी देवकीले उद्योगकालागि भवन त निर्माण गरीन, अनि आवश्यक विशेषज्ञ पनि आफ्नै छोरीलाई तयार पारिन । अब बाँकी पूर्वाधार निर्माणकालागिसहकारीबाटै सहुलियत दरमा थप ऋण लिएर भएपनि आफ्नो उदेश्य पूरा गर्न लागि परेकी छिन् ।
सहकारी संस्थामा पछिल्लो चरणमा देखिएको केही बिकृतिहरुले गर्दा भने कारोवार गर्न अलि असजिलो भइरहेको अनुभुति गर्दै उहाँले महिला उद्मशिलता विकासकालागि आफ्नो अमिलो उद्योग प्रवर्धनसँगै अन्य दिदी बहिनीहरुसँग पनि हातेमालो गर्दै आएकी छिन् । उहाँहरुको उद्यमशिलता विकासका तालिम र पैरवीमा पनि जुति रहेकी छिन् ।

प्रकाशित मिति : २०८१, २४ फाल्गुन शनिबार  २ : ३६ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि