२०८१, ७ चैत्र शुक्रबार

अख्तियारद्वारा पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ

अख्तियारद्वारा पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ


पोखरा । पोखरा महानगरको उजुरी फछ्र्यौट शाखामा कार्यरत अधिकारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई बिहीबार घुससहित पक्राउ गरेको हो ।

अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै एक लाख रुपैयाँ रकम मागेकोमा २५ हजार रुपैयाँ लिएको अवस्थामा महानगरको गेट अगाडिबाट गिरीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जानकारी जनाएको छ ।

महानगरका विषयमा अख्तियारमा परेका उजुरी फछ्र्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै पोखरा महानगरपालिकाको वडा नम्बर १ , ३ र ३० हेर्ने अमिनसंग एक लाख रुपैयाँ घुस मागेको अख्तियारको जिकिर छ ।

आफूविरुद्ध अख्तियारमा उजुरी परेको खबरले अत्तालिएका ती अमिनले आफूसंग त्यति ठुलो रकम नभएको भन्दै गिरीसंग गरेको टेलिफोन वार्ताको रेकर्ड पनि अख्तियारले प्राप्त गरेको बताइएको छ ।

स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिका वडा नम्बर २ मा कार्यरत थिए। त्यहाँ कार्यरत हुँदा उनलाई त्यतिबेला पनि अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गर्न खोजेको थियो । तर त्यति बेला उनको साथबाट घुसरकम फेला नपरे पछि उनी कारबाहीबाट बचेका थिए ।

पुतलीबजार २ मा रहँदा नै बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएर आएका थिए र उनलाई महानगरले पोखरा १७ मा खटाएको बताइएको छ । त्यहाँ पनि बिबादित बनेका उनलाई पोखरा महानगरपालिकाको कार्यालयमा तानिएको थियो ।

वडा नम्बर १७ मा बिबादित भएर तानेको भए पनि महानगरपालिकाले उनलाई उजुरी फछ्र्यौट शाखामा जिम्मेवारी दिएको बताइएको छ ।

प्रकाशित मिति : २०८१, ७ चैत्र शुक्रबार  ७ : ४७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक