२०८२, २८ चैत्र आईतबार

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह


काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढि फाइदा हुने खालका योजनाका बजेट छनोट गर्नुपर्ने बताएका छन् ।

बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री सिंहले योजना सम्पन्न गर्न धेरै रकम चाहिने तर सिमित स्रोत साधनले काम गर्दा ढिलो हुने भन्दै योजना छनोट गर्नुपर्ने बताएका हुन् । ब

उनले भने, ‘नेपालको अर्थतन्त्रको अवस्थाको कारण हामी व्यवहारीक हुनुपर्छ । योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढि भन्दा बढि फाइदा हुनेखालको योजनामा बजेट राख्दा राम्रो हुन्छ । योजना सम्पन्न गर्न धेरै रकमहरु चाइएको हुन्छ, तर हामीलाई उपलव्ध भएको स्रोत र साधन जति छ त्यही अनुसार काम गर्दा छिटो हुने काम ढिलो हुन्छ ।’

उनले उपत्यकाको नदिहरुको व्यवस्थाको लागि सरकारले अरबौ लगानी गर्दा पनि प्रतिफल नआएको बताए ।

‘उपत्यकाको नदिहरुको अवस्था एकदमै नाजुक छ । त्यसलाई सुधार्न धेरै कामहरु गर्नुपर्ने छ । ढलहरु नदिमा खन्याउने गरेको छ त्यसलाई रोक्न के गर्नुपर्छ भन्ने कुरा भनेर मैले सरकारलाई प्रश्न पनि गरे सरकारले यत्रो अरबौ रुपैयाँ लगानी  गरिसक्यो अवस्था त्यही छ के गर्नुभएको हो  । इन्जिनियरहरुले चै डिजाइन गरेको असफल भएको हो की इन्जिनियरहरु विदेशी विश्वविद्यालयबाट डिग्री लिएर आएका छन् । तर डिजाइनमा चै समस्या भएको कारणले यस्तो अवस्था भइरहेको छ यसलाई सच्याउन तर्फ हामी गइरहेका छौ । नदी सफा राख्नलाई बढि जोड दिइरहेका छौ,’ उनले भने ।  यस्तै, छलफलमा शहरी विकास महाशाखाका सहसचिव  पद्मकुमार मैनालीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१, ५ चैत्र बुधबार  ३ : ०९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४