२०८२, ३० भाद्र सोमबार

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह


काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढि फाइदा हुने खालका योजनाका बजेट छनोट गर्नुपर्ने बताएका छन् ।

बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री सिंहले योजना सम्पन्न गर्न धेरै रकम चाहिने तर सिमित स्रोत साधनले काम गर्दा ढिलो हुने भन्दै योजना छनोट गर्नुपर्ने बताएका हुन् । ब

उनले भने, ‘नेपालको अर्थतन्त्रको अवस्थाको कारण हामी व्यवहारीक हुनुपर्छ । योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढि भन्दा बढि फाइदा हुनेखालको योजनामा बजेट राख्दा राम्रो हुन्छ । योजना सम्पन्न गर्न धेरै रकमहरु चाइएको हुन्छ, तर हामीलाई उपलव्ध भएको स्रोत र साधन जति छ त्यही अनुसार काम गर्दा छिटो हुने काम ढिलो हुन्छ ।’

उनले उपत्यकाको नदिहरुको व्यवस्थाको लागि सरकारले अरबौ लगानी गर्दा पनि प्रतिफल नआएको बताए ।

‘उपत्यकाको नदिहरुको अवस्था एकदमै नाजुक छ । त्यसलाई सुधार्न धेरै कामहरु गर्नुपर्ने छ । ढलहरु नदिमा खन्याउने गरेको छ त्यसलाई रोक्न के गर्नुपर्छ भन्ने कुरा भनेर मैले सरकारलाई प्रश्न पनि गरे सरकारले यत्रो अरबौ रुपैयाँ लगानी  गरिसक्यो अवस्था त्यही छ के गर्नुभएको हो  । इन्जिनियरहरुले चै डिजाइन गरेको असफल भएको हो की इन्जिनियरहरु विदेशी विश्वविद्यालयबाट डिग्री लिएर आएका छन् । तर डिजाइनमा चै समस्या भएको कारणले यस्तो अवस्था भइरहेको छ यसलाई सच्याउन तर्फ हामी गइरहेका छौ । नदी सफा राख्नलाई बढि जोड दिइरहेका छौ,’ उनले भने ।  यस्तै, छलफलमा शहरी विकास महाशाखाका सहसचिव  पद्मकुमार मैनालीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१, ५ चैत्र बुधबार  ३ : ०९ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि