२०८२, ३० भाद्र सोमबार

रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी


रामेछाप । रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको प्यानल नै विजयी भएको छ ।
एक जना सदस्य बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्वियुका सुशील थापा २ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दि नेविसंघका विपुल रोक्काले १ सय ५२ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) अनोज भुजेल ६५ मत पाएका छन् ।
सचिवमा अनेरास्वियुका मुकेश भण्डारी डेनिस १ सय ८५ मत ल्याएर विजयी भएका छन् । नेविसंघका उम्मेदवार युवराज बुढाथोकीले १ सय ६५ ल्याएका छन् । अखिल (क्रान्तिकारी) की विनीता माझीले ७० पाएकी छिन् ।
कोषाध्यक्षमा अनेरास्वियुकी उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर विजयी भएकी छिन् । सो पदमा नेविसंघकी छाया तामाङले १ सय ३६ र अखिल (क्रान्तिकारी) का राजकुमार श्रेष्ठले ७९ मत ल्याएका छन् ।
सदस्यमा अनेरास्वियुका उम्मेदवारहरू तुलसा उप्रेती¸ मनोज श्रेष्ठ¸ एलिना माझी र जीवन पहरी विजयी भएका छन् । एक जना सदस्यमा नेविसंघका कर्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
कुल ५ सय ३१ मतदाता रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस ४ सय २७ मत खसेको थियो ।

बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी
काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन् ।
मंगलबार सम्पन्न मतदानमा मतदानमा १७५ मतसहित अखिल क्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए । उनी प्यानलैसहित विजयी भएका हुन् ।
स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भएकी छन् ।
यसैगरी सदस्यसहरुमा थानेश्वर प्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ विजयी भए भने अनेरास्ववियुका एकजना सदस्य लवदेव भट्ट विजयी भएका छन् ।

प्रकाशित मिति : २०८१, ५ चैत्र बुधबार  १० : १५ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि