२०८३, ३० आश्विन शनिबार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्ने बताएकी छन् ।

शुक्रबार हिमवत्खण्ड कला साहित्य, संस्कृति सम्मेलनमा बोल्दै उनले विभिन्न देश वा समुदायका संगीत, चलचित्र, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउने बताएकी हुन् ।

उनले भनिन्, ‘विभिन्न देश वा समुदायका संगीत, चलचित्र, पुस्तक, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउँछ । कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्दछ । जसले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ ।’

साथै उनले हिमवत्खण्ड अन्तर्गत नेपालसहित भारत, सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषिहरुले हाम्रा समुदायका साझा भाषा,संस्कृति, धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गरेको बताइन् ।

उनले  हिन्दु, किँरात,बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषिहरुको जिवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको समेत बताइन् । उनले भनिन्, ‘हिमवत्खण्ड अन्तर्गत नेपालसहित भारतको सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले हाम्रा समुदायका साझा भाषा, संस्कृति,धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गर्नु भएको छ । हिन्दु, किँरात, बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषिहरुको जीवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको

प्रकाशित मिति : २०८१, ३० फाल्गुन शुक्रबार  ४ : ११ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा