२०८२, २७ असार शुक्रबार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्ने बताएकी छन् ।

शुक्रबार हिमवत्खण्ड कला साहित्य, संस्कृति सम्मेलनमा बोल्दै उनले विभिन्न देश वा समुदायका संगीत, चलचित्र, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउने बताएकी हुन् ।

उनले भनिन्, ‘विभिन्न देश वा समुदायका संगीत, चलचित्र, पुस्तक, भाषा र परम्पराहरुको आदानप्रदानले सांस्कृतिक विविधवताप्रति सम्मान तथा रुची बढाउँछ । कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्दछ । जसले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ ।’

साथै उनले हिमवत्खण्ड अन्तर्गत नेपालसहित भारत, सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषिहरुले हाम्रा समुदायका साझा भाषा,संस्कृति, धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गरेको बताइन् ।

उनले  हिन्दु, किँरात,बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषिहरुको जिवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको समेत बताइन् । उनले भनिन्, ‘हिमवत्खण्ड अन्तर्गत नेपालसहित भारतको सिकिम्म, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले हाम्रा समुदायका साझा भाषा, संस्कृति,धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गर्नु भएको छ । हिन्दु, किँरात, बौद्धजस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषिहरुको जीवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको

प्रकाशित मिति : २०८१, ३० फाल्गुन शुक्रबार  ४ : ११ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत