२०८३, ३० असार बुधबार

उद्योग वाणिंज्य संघलाई व्यवसायीहरुकै साझा संस्था बनाउने राजकुमार श्रेष्ठको उद्घोष

उद्योग वाणिंज्य संघलाई व्यवसायीहरुकै साझा संस्था बनाउने राजकुमार श्रेष्ठको उद्घोष


सिन्धुलीः उद्योग वाणिज्य संघ सिन्धुलीको आगामी फागुन २७ गते हुने निर्वाचनमा स्वतन्त्र रुपमा अध्यक्षको उमेदवारी दिएर चुनावी अभियानमा होमिएका राजकुमार श्रेष्ठले उद्योग वाणिंज्य संघमा आवद्ध उद्योगी व्यवसायीहरुको हितका लागि प्रतिवद्ध भएर काम गर्ने उद्घोष गरेका छन् ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजनागरी उद्योग वाणिंज्य संघलाई व्यवसायीहरुकै साझा संस्था बनाउने उदेश्यसहित अध्यक्ष पदमा उमेदवारी दिएर व्यवसायीहरु माझ गएको बताउँदै श्रेष्ठले उद्योग वाणिंज्य संघलाई स्वतन्त्र रुपमा व्यवसायीहरुकै साझा संस्था बनाउन आवश्यक रहेको बताए । उनले आफ्‌नै योजनामा विगतमा उद्योग वाणिंज्य संघको भवन निर्माण भएको बताउँदै खुलामञ्च सम्याउनेदेखी व्यवसायिहरुको व्यवसायिक हितका लागि तालिमसमेत सञ्चालन गरेको स्मरण गरे ।
उद्योग वाणिंज्य संघमा रहनुभएका साथीहरुले व्यवसायिहरुको पिडामा कहिल्यै पनि साथ दिनुभएन, बरु उल्टै आजिवन सदस्यको शुल्क बढाउने, उमेदवारी दर्तामा साना तथा मझौला व्यवसायीहरु आउनैं नसक्ने अबस्था सिर्जना गर्ने संघलाई सिमित व्यक्तिको हातमा राख्नेकामहरु भएपछि त्यसको चौतर्फी गुनासो बढेको बताउँदै संवाददाताहरुसँग भनेः संघमा अझैं पनि थुप्रै व्यवसायी साथीहरु जोडिनैं सक्नुभएको छैन, सैयौं साथीहरु संघमा आवद्ध भएर पनि सदस्यता नविकरण नगरी बस्नुभएको छ, यस्ता तमाम समस्याहरुको समाधान गर्न नयाँ नेतृत्व आवश्यक छ ।
उनले आफू विजयी बनेपछि सबैभन्दा पहिला महंगो आजिवन सदस्या शुल्क मात्रै होइन, निर्वाचनमा लिइने महंगो उमेदवारी शुल्क पनि घटाउने बताए । यस्ता शुल्क साना तथा मझौला व्यवसायीहरुको हितमा छैन, उद्योग वाणिंज्य संघ भनेको साना ठूला व्यवसायीहरुको साझा संस्था हो, श्रेष्ठले भने ।
सिन्धुलीमाढीमा आयोजित कार्यक्रमले अध्यक्षका उमेदवार श्रेष्ठले सामाजिक संस्थालाई राजनीतिबाट अलग राख्नुपर्नेमा आफू दृढ रहेको बताए । राजनैतिक रुपमा प्यानल खडा भएपनि आफूले स्वतन्त्र रुपमा अध्यक्ष पदमा उमेदवारी दिएपछि अहिले अन्य साथीहरुले पनि स्वतन्त्र रुपमा उदेवारी दिनुभएको बताउँदै उनले संघलाई सम्पुर्ण व्यवसायीहरुको आशा र भरोसाको केन्द्र बनाउन आफूलाई विजयी बनाउन सम्पूर्ण व्यवसायीहरुलाई अपीलसमेत गरेकाछन् ।
श्रेष्ठले सिन्धुली उद्योग वाणिंज्य संघलाई व्यवसायीहरुको साझा संस्थाका रुपमा अगाडि बढाउने आफ्‌नो स्पष्ट दृष्टिकोण समेत लिखित रुपमा सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २०८१, २३ फाल्गुन शुक्रबार  ९ : ५० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै