२०८२, २० फाल्गुन बिहीबार

एमाले बागमतीको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान

एमाले बागमतीको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान

श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने


ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको सचिवालय बैठक विभिन्न महत्वपूर्ण निर्णयहरुगर्दै सम्पन्न भएको छ ।
प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा भएको बैठक स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रचार विभाग प्रमुख भक्त कुमारी लामाले जानकारी दिनुभयो ।
बैठकले प्रदेशभर तीन महिने जरा केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशका १३ वटै जिल्लामा एकै साथ सञ्चालन गर्न लागिएको अभियानको अनुगमन गर्ने जिम्मेवारी पनि प्रदेश इन्चार्ज र पाँच पदाधिकारीलाई दिएको छ ।
नेकपा एमालेको विधानको धारा ७० बमोजिम नियमित बैठक आयोजना गर्ने, कम्तिमा तीन महिनामा जिल्ला कमिटीको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रुपमा बैठक राखिने छ ।
अभियानका क्रममा नेकपा एमाले बागमतीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।
बैठकले सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लैजाने निर्णय गरेको लामाले जानकारी दिनुभयो ।
उहाँले पार्टी अध्यक्ष एवम् नेकपा एमालेका विरुद्ध भएको श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने सम्बन्धमा पनि बैठकले विषेश योजना बनाएको वैठकपछि जानकारी दिनुभयो ।–

प्रकाशित मिति : २०८१, १४ माघ सोमबार  ९ : ४१ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको