२०८२, ३ भाद्र बुधबार

एमाले बागमतीको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान

एमाले बागमतीको ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियान

श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने


ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको सचिवालय बैठक विभिन्न महत्वपूर्ण निर्णयहरुगर्दै सम्पन्न भएको छ ।
प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा भएको बैठक स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रचार विभाग प्रमुख भक्त कुमारी लामाले जानकारी दिनुभयो ।
बैठकले प्रदेशभर तीन महिने जरा केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशका १३ वटै जिल्लामा एकै साथ सञ्चालन गर्न लागिएको अभियानको अनुगमन गर्ने जिम्मेवारी पनि प्रदेश इन्चार्ज र पाँच पदाधिकारीलाई दिएको छ ।
नेकपा एमालेको विधानको धारा ७० बमोजिम नियमित बैठक आयोजना गर्ने, कम्तिमा तीन महिनामा जिल्ला कमिटीको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रुपमा बैठक राखिने छ ।
अभियानका क्रममा नेकपा एमाले बागमतीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।
बैठकले सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लैजाने निर्णय गरेको लामाले जानकारी दिनुभयो ।
उहाँले पार्टी अध्यक्ष एवम् नेकपा एमालेका विरुद्ध भएको श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने सम्बन्धमा पनि बैठकले विषेश योजना बनाएको वैठकपछि जानकारी दिनुभयो ।–

प्रकाशित मिति : २०८१, १४ माघ सोमबार  ९ : ४१ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर