२०८३, २८ श्रावण शुक्रबार

राजश्व वृद्धिमा भएको प्रगतिप्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री

राजश्व वृद्धिमा भएको प्रगतिप्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री

भन्सार विभाग थप जिम्मेवार र उत्तरदायी


काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा बोल्दै उनले राजश्व वृद्धिमा प्रगति भएपनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको बताएका हुन् । उनले भने, ‘जिन्दगीभरी धेरै राम्रो काम गर्न त्यति सजिलो छैन । अहिले राजश्वको लक्ष्यको हिसावले चापमा छौं । गत वर्षको तुलनामा राजश्वमा केही प्रगति भएको छ । राजश्व वृद्धिमा भएको प्रगतिमा चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । त्यसैले राजश्वसँग सम्बन्धित कुरा भन्सार विभागले बुझ्नुपर्छ ।  हिजोको  तुलनामा प्रगति गरेको हेरेर बस्ने होइन यो वर्षको राजश्वको लक्ष्य हासिल गरेर अगाडि बढ्नुपर्नेछ ।’

साथै उनले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके  राजश्वको लक्ष्य हासिल गर्न सकिने बताए । उनले आर्थिक वर्षको मध्यतिर आइपुगेको र समिक्षा गर्ने विन्दुमा आइपुगेकाले विगतको ६ महिनाको राजश्व परिचालनको अनुगमन गरेर सहि ढंगले काममा लाग्नको लगि भन्सार विभागका सबै कर्मचारिहरुलाई आग्रह गरे ।

भन्सार विभाग थप जिम्मेवार र उत्तरदायी

यसैगरी नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार  र उत्तरदायी बनाएको  बताएका छन् । उनले मुलुकको  समग्र विकासको  लागि व्यापारलाई भन्सारले अग्र स्थानमा राख्नुपर्ने बताए ।

उनले  भने,‘निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार  र  उत्तरदायी बनाएको छ ।  तर भन्सार  विभागमा देखिएका प्रक्रियागत झन्झटहरु कम हुनुपर्ने आवश्यक छ । वस्तुको  मूल्यांकन पद्धति अनुसार समेत हुनुपर्छ । विभागका तजविधि अधिकारीहरुको अन्त्य हुनुपर्ने, प्रशासनिक पुनरावगलोकनका  आदेशहरु प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरु उद्योग महासंघले  दिएको छ । भन्सारले मुलुकको समग्र विकासको लागि व्यापारलाई अग्र स्थानमा राख्नुपर्ने आवश्यक देखिन्छ ।’ साथै उनले भन्सार विभागले राजश्वमा संकलनमा उच्च ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २०८१, १३ माघ आईतबार  १० : १२ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व