२०८२, ३ भाद्र बुधबार

कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित


सिन्धुली: नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा डिल्ली सौगात घिमिरे निर्वाचित भएका छन्। शनिबार जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट घिमिरेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

कार्यसमितिको खुल्ला उपाध्यक्षमा वेदराज काफ्ले र महिला उपाध्यक्षमा कोपीला अस्थानी मगर, सचिवमा सरोज फुयाँल, सहसचिवमा जीतबहादुर खबी र कोषाध्यक्षमा चन्द्रबहादुर मगर निर्विरोध निर्वाचित भएका छन् । यसैगरी संगठनको सदस्यमा राजेश फुयाँल, अनिता मगर, सुमित्रा चौहान, ज्ञान बहादुर मगर, हरि कुमार श्रेष्ठ,  भुवन ठाडामगर, भीम श्रेष्ठ, राजु शाह,  ईन्द्र दुलाल, क्षितिज अधिकारी,  मीन प्रसाद प्याकुरेल, भीम बहादुर थापा निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा पदम बहादुर मगर र बविन्द्रलाल माझीलाई छनौट गरेको छ । त्यसैगरी लेखा परीक्षण आयोगको संयोजकमा बीर बहादुर सुनुवार निर्वाचित भएका छन् भने सदस्यमा सन्तोष बराल रहेका छन् ।

संगठनका निवर्तमान अध्यक्ष पदम बहादुर मगरको अध्यक्षतामा भएको १२औं अधिवेशनको उद्घाटन सत्रमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव  सूर्य कुँवरको प्रमुख आतिथ्यता रहेको थियो।

प्रकाशित मिति : २०८१, १३ माघ आईतबार  ६ : ३७ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर