२०८२, २९ चैत्र सोमबार

अध्यादेशको पक्षमा एकढिक्का हुन पार्टी पंक्तिलाई कांग्रेस सभापति देउवाले दिए यस्तो निर्देशन

अध्यादेशको पक्षमा एकढिक्का हुन पार्टी पंक्तिलाई कांग्रेस सभापति देउवाले दिए यस्तो निर्देशन


 काठमाडौं: नेपाली कांग्रेस अध्यादेशको पक्षमा एकढिक्का संसद्मा प्रस्तुत हुने भएको छ । सदनभित्र र बाहिर पनि अध्यादेशको पक्षमा एकढिक्का हुन कांग्रेस शीर्ष नेतृत्वले पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँगको छलफलको क्रममा कांग्रेस शीर्ष नेतृत्वले पार्टी सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का रहेको सन्देश दिएको हो । संसद् छलेर एकपछि अर्को अध्यादेश ल्याएपछि कांग्रेसकै धेरै नेताले सरकारको आलोचना गरेका थिए । तर, शनिबारको बैठकले अध्यादेश वर्तमानको बाध्यात्मक आवश्यकता रहेको स्पष्ट सन्देश दिएको हो ।

बैठकमा सहभागी प्रमुख सचेतक श्याम घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई सरकारले ल्याएका अध्यादेशका बारेमा आसन्न संसद्भित्र र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएको जानकारी दिए । ‘सरकारले तत्काल गर्नुपर्ने सुधारको आवश्यकता महसुस गरेर केही अध्यादेश ल्याएको छ । अबको संसद् अधिवेशनमा ती अध्यादेशमाथिका छलफलमा एकढिक्का भएर प्रस्तुत हुन तथा बाहिर पनि एकढिक्का भएरै प्रस्तुत हुन पार्टी सभापतिले निर्देशन दिनुभयो,’ प्रमुखसचेतक घिमिरेले भने ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेशसहित सरकारका कामकारबाहीबारे जानकारी गराएका थिए । लामो समय आर्थक क्षेत्र शिथिल रहेको अवस्था अन्त्य गर्दै चलायमान बनाउन तत्काल केही कानुन सुधार गर्नैपर्ने आवश्यकता रहेकाले सरकारले अध्यादेश ल्याएको गृहमन्त्रीले बैठकमा जानकारी गराएको घिमिरले जानकारी दिए ।

प्रमुख सचेतक घिमिरेले बैठकमा संसद्मा प्रस्तुत हुने विधेयक, अध्यादेश तथा आउँदै गरेका विधेयकबारे गहन छलफल भएको बताए । उनका अनुसार छलफलमा कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि आआफ्ना मन्त्रालयका कार्यप्रगतिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८१, १२ माघ शनिबार  ६ : २८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४