२०८२, २ पुस बुधबार

युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहयोग बन्द

युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहयोग बन्द


एजेन्सी: अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग बन्द गर्ने भएको छ । ९० दिनसम्म सहयोग ठप्प बनाउने अमेरिकी निर्णय आएको अमेरिकी अखबार पोलिटिकोले उल्लेख गरेको छ । पोलिटिकोका अनुसार युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग यो बन्दमा पर्नेछ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओको आदेशमा सहयोग बन्द भएपछि स्टेट डिपार्टमेन्टका अधिकारीहरु अचम्मित भएको बताइएको छ ।

आफूलाई शान्ति निर्माताको रुपमा चित्रित गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट युक्रेनलाई सहयोग दिन बन्द गर्ने निर्णय आएकै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुस-युक्रेन मुद्दामा वार्ता गर्न तयार भएको सार्वजनिक गरेका छन् ।

ट्रम्पको आगमनसँगै अमेरिका र रुस सम्बन्धमा सुधार हुनेमात्रै होइन, बन्द भएको उच्चस्तरीय समन्वय र संवाद पनि सुरु भएको छ । बाइडेन र पुटिनको सम्बन्ध चिसिएको थियो । बाइडेनले पुटिनको सत्ता ढाल्ने बताएकामात्रै थिएनन्, उनलाई ‘हत्यारा’ तथा ‘बेस्याका छोरा’ भनेर सार्वजनिक रुपमै भनेका थिए ।

प्रकाशित मिति : २०८१, १२ माघ शनिबार  ३ : ५३ बजे

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार