२०८२, ३० भाद्र सोमबार

स्पेनका लागि नेपाली राजदूत नेपाल स्पेन प्रस्थान

स्पेनका लागि नेपाली राजदूत नेपाल स्पेन प्रस्थान


काठमाडौं । स्पेनका लागि आवासीय नेपाली राजदूत सनिल नेपाल स्पेन पुगेका छन् । राजदूतको कार्यभार सम्हाल्न नेपाल हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राजदूत नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए । सरकारले उनलाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि गत भदौ २७ गते  संसदीय सुनवाई भई संसदीय समितिबाट नेपालको नाम अनुमोदन भएको थियो ।

यस अघि उनलाई विसं २०८० माघ २६ गते राष्ट्रपति पौडेलले नै पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कार्तिक २३ गते पोर्चुगलमा दूतावास स्थापना गर्ने र उनलाई राजदूतमा नियुक्त गर्ने निर्णय भएको थियो ।

कुटनीति, राजनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञका रूपमा क्रियाशील नेपाल अहिले नियुक्त भएका राजदूतमध्ये सबैभन्दा कम उमेरको राजदूत हुन् । उनले यसअघि दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुका विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।

उनले स्पेनमा नेपाली राजदूतका रुपमा रहँदा नेपाल र नेपालीको हितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्पेनबाट नेपालको अर्थतन्त्र, पर्यटन, संस्कृति, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा लाभ पु¥याउने उपायहरू खोज्ने बताए ।

उनलाई सरकारले अर्को युरोपेली मुलुक माल्टाको समेत जिम्मेवारी तोकेको छ । माल्टामा नेपाली दूतावास नरहेकाले उनलाई नै जिम्मेवारी तोकिएको हो ।

उनलाई नेपाल सरकारले माल्टाको समेत जिम्मेवारी तोकेर पठाएकोमा माल्टामा रहेका नेपालीहरूले खुसी व्यक्त गरेका छन् । माल्टामा पछिल्लो समय रोजगारीका लागि नेपालीहरू जानेक्रम तीव्र रुपमा बढेको छ ।

प्रकाशित मिति : २०८१, ८ माघ मंगलबार  ९ : १९ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि