२०८२, २० चैत्र शनिबार

सिन्धुलीको गाँजा उत्पादक किसानबाट ७० लाख रकम असुली, संरक्षणका लागि सांसद दाहालदेखी सबैलाई भाग शान्ति !

सिन्धुलीको गाँजा उत्पादक किसानबाट ७० लाख रकम असुली, संरक्षणका लागि सांसद दाहालदेखी सबैलाई भाग शान्ति !



सिन्धुली: मकवानपुरसँग सिमा जोडिएको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित गाँजा उत्पादक किसानहरुबाट मोटो रकम असुली गरेर संरक्षण गर्ने निकायसम्म पु¥याउन लागिएको छ ।
समयवद्धलाई प्राप्त बिबरण अनुसार ५ जना गाँजा उत्पादक मोक्तान, थिङ, गोले र तामाङ थरका किसानहरुकै अगुवाइमा क्यानशिर क्षेत्रबाट प्रतिव्यक्ति ४ हजारका दरले रकम असुली गरेका छन् । यसरी उठाएको रकम गाँजाको संरक्षणका लागि खर्च गर्न लागिएको हो । सबै किसानहरुबाट उठाइएको सो रकम ७० हजार बरावर रहेको ती किसानले दाबी गरेका छन् ।  
हरिहरपुरगढीको अन्य क्षेत्र भुताहा, आरनटोल, सिसौदमार, बन्चरे लगायतका क्षेत्रमा लगाइएको गाँजा खेतीमा क्षेत्रमा भने यो समाचार तयारपार्दासम्म
प्रहरीहरु फँडानीका लागि पुगेका छैनन् । आफूहरुले लगाएको गाँजा जोगाउनका लागि भन्दै प्रति किसान ४ हजार रुपैयाँ उठाएर पठाइएपछि  अब गाउँमा प्रहरीहरु नआउने कुरामा स्थानीय ढुक्क बनेका छन् ।
पाँच जनाले उठाएको उक्त रकम सांसद राजन दाहाल प्रमुख जिल्ला अधिकारी, इलाका प्रहरी कार्यालय कपिलाकोट र त्यस क्षेत्रका संघीय माननीयलाई बुझाउने उनीरुले बताउँदै आएका छन् । मध्य मंसिरमा मात्रै प्रहरी पुगेर ३ विघा क्षेत्रफलमा गाँजा फँडानी गरेर फर्किएको थियो । अबको केही समयपछि गाँजा काट्ने समय हुने भएकाले पनि गाँजाका व्यापारीहरुले पैसा उठाएर प्रशासनलाई बुझाउने तयारी गरेका हुन् ।
गाँजा नियन्त्रणका लागि प्रयास गर्ने अधिकारीहरुनै किसानहरुबाट जर्वजस्ती उठाइएको रकमको भाग शान्तिमा मिलेपछि स्थानीय वासिन्दा अतम्मित बनेका छन् ।
स्थानीयका अनुसार गत वर्ष पनि यसै समयमा किसानहरुबाट ४ हजारको दरले रकम उठाएर प्रशासन मिलाइएको थियो भने सोही गाउँमा पुगेर तत्कालिन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख वास बसेर फर्किएका थिए । सो विवरण राष्ट्रिय अनुसन्धान विभागले गृहमा पठाएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको थियो ।

प्रकाशित मिति : २०८१, २६ पुस शुक्रबार  १० : ०७ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।