२०८२, ३ माघ शनिबार

माओवादी केन्द्र र कांग्रेस परित्यागगरी ३५ कार्यकर्ता एमालेमा प्रवेश

माओवादी केन्द्र र कांग्रेस परित्यागगरी ३५ कार्यकर्ता एमालेमा प्रवेश


सिन्धुलीः लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हरिहरपुरगढीको दोश्रो अधिबेशनका अबसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सम्बद्ध पार्टी परित्याग गरि ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नव प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् मनोजजंग थापाले खादा लगाउँदै एमालेमा स्वागत गर्नुभएको हो । नव प्रवेशीहरुलाई स्वागत गर्दै नेता थापाले नेकपा एमालेनैं नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको प्रष्ट पार्नुभयो ।
हरिहरपुरगढी–५ बोटेनीमा सम्पन्न भएको अधिबेशनबाट जगत बहादुर मोक्तानको नेतृत्वमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ हरिहरपुरगढीको २१ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।
नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कमल जंग राई,केन्द्रिय सल्लाहकार परिषद सदस्य रामकुमार पौडेल र बागमती प्रदेश कमिटी सदस्य हिरा लामा, बागमती प्रदेश उद्योग तथा बाणिज्य मन्त्री माननीय शुकुमायाँ तामाङको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
फोटोः विशाल राई

प्रकाशित मिति : २०८१, २५ पुस बिहीबार  ९ : ५० बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको