२०८३, ३१ असार बिहीबार

भन्सार छलीको सामान बोक्ने अटो रिक्सा प्रहरी नियन्त्रणमा

भन्सार छलीको सामान बोक्ने अटो रिक्सा प्रहरी नियन्त्रणमा


गौर । रौतहटको यमुनामाइ गाउँपालिकाको बमनहर चोकबाट प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र कपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा नेपाल ल्याएर विभिन्न सवारीमार्फत लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यमुनामाइ गाउँपालिका वडा न ४ बमनहर चोकमा सवारी चेकजाँच गर्ने क्रममा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय र मातहत बाट खटिएको टोलिले विभिन्न सवारी र पैदल यात्री लाई चेकजाँच गर्ने क्रममा फेला परेको उनले जानकारी दिए ।
प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ना १ ह ७२०८ को अटो रिक्साबाट एक लाख ३७ हजार ५ सय २१ रुपैया बराबरको चिनी र कपडा बरामद गरेको उनले बताए ।
अटो रिक्साको मूल्याकंन २ लाख गरि तिन लाख ३७ हजार ५ सय २१ रुपैया कायम गरि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहटका प्रहरी निरीक्षक महतोले बताए पछिल्लो समयमा भारतसंग सिमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ ।
भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् । विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामन भित्रन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हँुदै आएकोे छ ।
लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको पाइन्छ ।
लताकपडा, श्रृंगारका सामन, ईलोक्ट्रोनिक्स उपकरण र खद्यान्न लगायतका सामनहरुको तस्करी समेत बढेपछि रौतहट प्रहरीको टोलीले सिमावर्ती क्षेत्रमा निगरानी बढाएको

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  २ : २१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित