२०८२, १३ फाल्गुन बुधबार

रौतहटका कृषकले उखु खेतिको बिकल्पमा अन्य खेति खोज्दै कृषक

रौतहटका कृषकले उखु खेतिको बिकल्पमा अन्य खेति खोज्दै कृषक


रौतहट। रौतहटका कृषकले उखु खेतिको बिकल्पमा अन्नवाली लगायतका अन्य खेति गर्ने थालेका छन् ।
श्रीराम सुगर मिल बन्द पछि यहाँका कृषकले उखु खेति गर्न छाडेका हुन् । उखु खेतिबाट समयमा नै भुतmानी नआउने र खेतिमा लागत बढी भएपछि विकल्पमा अन्य खेति गरेका हुन् । ०४९ देखि उखु खेती गर्दै आएका बृन्दावन–७ धमौराका रुपनारायण साहले विकल्पमा अन्य खेती गर्न थालेका छन् ।
यो सिजनमा उखु मासेर अन्य बाली लगाएको उनले बताए । तीन बिघाको खेतीबाट वार्षिक १५ देखि १७ सय क्विन्टल उखु चिनी मिललाई बेच्ने गरेको बताउँदै उनले रोप्नेदेखि बिक्री गर्ने बेलासम्मे हैरानी हुने बताए ।
यहाँका कृषकले चलानी, भुक्तानीमा झमेला र मल अभावले उखु खेती लगाउन छाडेका छन् । अहिले खेतमा फाटफुट मात्र देखिने गरेको छ । करिब चार वर्षअघि उक्त मिल बन्द भएपछि मुस्किलले ५ हजार किसानले उखु खेती गरिरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।
वार्षिक ३० लाख क्विन्टल उखु उत्पादन हुने रौतहटमा अहिले ७÷८ लाख मात्र हुने गरेको उनको भनाई छ । श्री राम सुग मिल बन्द भएपनि कटहरिया नगरपालिकामा तिन वर्षदेखि बाबा बैद्यनाथ सुगर मिल संचालनमा छ । गत बर्ष १५ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको बैद्यनाथले ८ लाख भन्दा बढी उखु खरिद गर्न नसकेपछि बन्द भएको हो । रौतहटका उखु उत्पादक कृषकले मिल श्री राम सुगर मिल संचालन गर्नु पर्छ भन्ने अडानमा छन् भने उद्योगीहरु संचालन गर्न नसकिने अवस्थामा पुगेको बताउँछन् । दिपेश पौडेल

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  २ : १७ बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर