२०८३, २० आश्विन बुधबार

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

सरकारविरुद्ध जेन–जीको नाराबाजी


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ। हिजो अपरान्ह २१ सदस्यीय जेन–जी समूह भित्र प्रवेश नपाएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएको थियो।

आज बिहान मिराज ढुंगाना नेतृत्वको समूह सिंहदरबार गेट पुगेको समयमा प्रहरीले उनीहरूलाई लखेटेर अनामनगरको पुलतर्फ धकेलेको थियो। यस क्रममा प्रहरीले र युवाबीच धकेलाधकेल भएको थियो। युवा समूहले सरकारले प्रहरीको प्रयोग गरेर उनीहरूको आवाज दमन गरेको आरोप लगाउँदै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको छ।

जेन–जी समूहका युवा नेताहरूले भने, “हाम्रो विद्रोह केवल ०८४ सालको निर्वाचन ०८२ सालमा गर्ने मात्र नभएको छ। कार्की सरकारले हाम्रो माग पूरा नगरेको र घाइते तथा शहीदको सपना साकार पार्न असम्भव देखिएको छ।”

युवाहरूको यस कदमले सरकारमाथि दबाब सिर्जना गरेको छ भने सामाजिक सञ्जालमा पनि घटनाले व्यापक ध्यानाकर्षण पाएको छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  १ : ५३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको