२०८३, ३० भाद्र बुधबार

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्रमा दलहरूको चिह्न कुन ठाउँमा पर्छ भन्ने चासोलाई निर्वाचन आयोगले स्पष्ट पारेको छ। आयोगको ‘प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका’ अनुसार मतपत्रको क्रम २०७९ को समानुपातिकतर्फ प्राप्त मतका आधारमा निर्धारण गरिनेछ।

यस अनुसार आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा नेकपा (एमाले) को ‘सूर्य’ चिह्न रहनेछ। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको थियो। दोस्रो नम्बरमा नेपाली कांग्रेसको ‘रुख’ र तेस्रोमा माओवादी केन्द्र–एकीकृत समाजवादी एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को ‘तारा’ चिह्न पर्नेछ।

चौथो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’, पाँचौँ नम्बरमा राप्रपाको ‘हलो’ रहने आयोगले जनाएको छ। यी दलहरू प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा अग्रपङ्तिमै रहनेछन्।

निर्देशिका अनुसार दुई वा दुईभन्दा बढी दल एकीकृत भएमा तिनले २०७९ मा प्राप्त गरेका मत जोडेर नयाँ दलको स्थान तय गरिनेछ। त्यही कारण नेकपा तेस्रो स्थानमा उक्लिएको छ।

यता गत निर्वाचनमा भाग नलिएका नयाँ दलहरू भने ‘दल दर्ता क्रम’ अनुसार मतपत्रमा पछाडि सूचीकृत हुनेछन्। पुराना दलबाट कानूनी रूपमा फुटेर बनेका दलहरूलाई भने मूल दलको लगत्तै पछि राखिने व्यवस्था छ।

स्वतन्त्र उम्मेदवारका चिह्नहरू नेपाली वर्णानुक्रमका आधारमा राखिने आयोगले स्पष्ट पारेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म करिब १३० दल दर्ता भइसकेका छन् र थप ३० भन्दा बढी दल दर्ता प्रक्रियामा छन्। सबै दर्ता भए यो निर्वाचनमा नेपालको इतिहासमै सबैभन्दा ठूलो मतपत्र हुने आयोगको अनुमान छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  २ : ०२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला