२०८२, २२ जेष्ठ बिहीबार

अन्तरराष्ट्रिय महासन्धि पारित गरे पनि कार्यान्वयन नगरेकोमा पोखरामा असन्तुष्टि प्रकट

अन्तरराष्ट्रिय महासन्धि पारित गरे पनि कार्यान्वयन नगरेकोमा पोखरामा असन्तुष्टि प्रकट



पोखरा । पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि – महासन्धिहरु पारित भएको भए पनि कार्यान्बयन नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन् ।
शुक्रबारदेखि पोखरामा शुरु भएको प्रकृति–मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सरकारप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।
अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्त्तम कंडेलले ब्यापक बायु प्रदुषणकाकारण दक्षिण एशिया मानिसहरुका लागि घातक भैरहेको जिकिर गर्दै यसरी नै वातावरण माथि खेलवाड हुँदै गएमा जीवनमाथि पनि संकट पर्ने चेतवानी दिए ।
मानव र प्रकृतिको रक्षाका लागि राज्यबाट मात्र भर पर्न सक्ने अवस्था नरहेको बताउँदै कंडेलले प्रकृति र मानवको रक्षाका लागि उपयुक्त नीतिको आवश्यकता रहेको कुरामा जोड दिए ।
अभियानका उपाध्यक्ष राजन केसीले नेपाल जस्ता साना मुलुकहरुले थोरै कार्बन उत्सर्जन गरेको भए पनि ठूला र विकसित देशहरुले ठुलो मात्रामा उत्पादन गरेका कार्बनको पीडा भोग्नु परेको बताए ।
सरकारले विभिन्न खाले सन्धि – महासन्धिहरु पारित गरेको भए पनि मानव र प्रकृति बचाउने खालका कुनै कार्यहरु नगरेको गुनासो गरे । उनले राज्यले वातावरण संरक्षणक पक्षमा कुनै काम नगरेको अवस्थामा अब जनता र निजि क्षेत्र प्रकृति र मानवको रक्षाका लागि लाग्नुपर्ने कुरामा जोड दिए ।
शनिबारसम्म चल्ने उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ भने वातावरण तथा प्रकृति संरक्षण सम्बन्धमा बिबिध प्रस्ताबहरु पारित गर्ने अभियानका पूर्व अध्यक्ष सन्त बहादुर घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : २०८१, २० पुस शनिबार  ८ : ४१ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक