२०८२, २९ चैत्र सोमबार

अन्तरराष्ट्रिय महासन्धि पारित गरे पनि कार्यान्वयन नगरेकोमा पोखरामा असन्तुष्टि प्रकट

अन्तरराष्ट्रिय महासन्धि पारित गरे पनि कार्यान्वयन नगरेकोमा पोखरामा असन्तुष्टि प्रकट



पोखरा । पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि – महासन्धिहरु पारित भएको भए पनि कार्यान्बयन नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन् ।
शुक्रबारदेखि पोखरामा शुरु भएको प्रकृति–मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सरकारप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।
अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्त्तम कंडेलले ब्यापक बायु प्रदुषणकाकारण दक्षिण एशिया मानिसहरुका लागि घातक भैरहेको जिकिर गर्दै यसरी नै वातावरण माथि खेलवाड हुँदै गएमा जीवनमाथि पनि संकट पर्ने चेतवानी दिए ।
मानव र प्रकृतिको रक्षाका लागि राज्यबाट मात्र भर पर्न सक्ने अवस्था नरहेको बताउँदै कंडेलले प्रकृति र मानवको रक्षाका लागि उपयुक्त नीतिको आवश्यकता रहेको कुरामा जोड दिए ।
अभियानका उपाध्यक्ष राजन केसीले नेपाल जस्ता साना मुलुकहरुले थोरै कार्बन उत्सर्जन गरेको भए पनि ठूला र विकसित देशहरुले ठुलो मात्रामा उत्पादन गरेका कार्बनको पीडा भोग्नु परेको बताए ।
सरकारले विभिन्न खाले सन्धि – महासन्धिहरु पारित गरेको भए पनि मानव र प्रकृति बचाउने खालका कुनै कार्यहरु नगरेको गुनासो गरे । उनले राज्यले वातावरण संरक्षणक पक्षमा कुनै काम नगरेको अवस्थामा अब जनता र निजि क्षेत्र प्रकृति र मानवको रक्षाका लागि लाग्नुपर्ने कुरामा जोड दिए ।
शनिबारसम्म चल्ने उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ भने वातावरण तथा प्रकृति संरक्षण सम्बन्धमा बिबिध प्रस्ताबहरु पारित गर्ने अभियानका पूर्व अध्यक्ष सन्त बहादुर घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : २०८१, २० पुस शनिबार  ८ : ४१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४