२०८२, १७ असार मंगलबार

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर


काठमाडौं: मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ ।

यस अघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो । यस्तै उम्मेदवारमाथीको दाबी विरोधको समय पनि बढाइएको छ । यस अघि शुक्रबार साँझ ७ बजेसम्म मात्रै दाबी विरोधको समय तोकिएकोमा संशोधित कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि दाबी बिरोधको समय तोकिएको छ ।

यस्तै उम्मेदवारको मनोयन फिर्ता लिने समय एक घण्टा बढाइएको छ । यस अघि शनिबार बिहान १० बजेसम्म फिर्ता लिने समय रहेकोमा शनिबार बिहान ११ बजेसम्म थपिएको छ । यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि आधा घण्टा ढिलो हुने भएको छ । यस अघि शनिबार बिहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा आधा घण्टा बढाएर साढे ११ बजे सारिएको छ ।

प्रकाशित मिति : २०८१, २१ मंसिर शुक्रबार  ८ : ३२ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको