२०८३, १ बैशाख बुधबार

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर


काठमाडौं: मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ ।

यस अघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो । यस्तै उम्मेदवारमाथीको दाबी विरोधको समय पनि बढाइएको छ । यस अघि शुक्रबार साँझ ७ बजेसम्म मात्रै दाबी विरोधको समय तोकिएकोमा संशोधित कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि दाबी बिरोधको समय तोकिएको छ ।

यस्तै उम्मेदवारको मनोयन फिर्ता लिने समय एक घण्टा बढाइएको छ । यस अघि शनिबार बिहान १० बजेसम्म फिर्ता लिने समय रहेकोमा शनिबार बिहान ११ बजेसम्म थपिएको छ । यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि आधा घण्टा ढिलो हुने भएको छ । यस अघि शनिबार बिहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा आधा घण्टा बढाएर साढे ११ बजे सारिएको छ ।

प्रकाशित मिति : २०८१, २१ मंसिर शुक्रबार  ८ : ३२ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको