२०८२, ३१ असार मंगलबार

आजको मौसम : गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

आजको मौसम : गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना


काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ ।

जसको कारण देशको तराई भू–भागका केही स्थानहरूमा कुहिरो लागेको छ भने अन्य स्थानमा मौसम सफा रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । यस्तै, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ९ : ०७ बजे

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे

यी स्थानमा आज भारी वर्षा तथा हावाहुरीसमेतको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।