२०८२, ४ जेष्ठ शनिबार

विश्व बाल दिवसको अवसर पारेर मन्त्री पौडेलद्वारा बाल क्यान्सर निशुल्क सेवाको सुभारम्भ

विश्व बाल दिवसको अवसर पारेर मन्त्री पौडेलद्वारा बाल क्यान्सर निशुल्क सेवाको सुभारम्भ


काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निशुल्क सेवाको समुद्घाटन गरिएको छ ।

बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलबाट बाल क्यान्सर निशुल्क सेवाको सुभारम्भ गरिएको हो ।

उद्घाटनपछि मन्त्री पौडेलले, १४ वर्ष मुनिका क्यान्सर विरामीहरुको उपचारमात्र निशुल्क नभई औषधी समेत निशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

अहिलेसम्म औषधि समेत निशुल्क हुने कुनै पनि निशुल्क सेवा राज्यले घोषणा नगरेको भन्दै आफूहरुले तयारीका साथ उक्त सेवा घोषणा गरेको बताए ।

उनले भने, ‘सबै बालबालिकालाई सेवाको सन्दर्भमा अस्पताल भन्दा बाहिरको त कुरा भएन तर अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवामा निशुल्क र औषधीमा पनि निशुल्क गर्ने यो पहिलो चोटी भएको हो । औषधि समेत निशुल्क हुने कुनै पनि निशुल्क सेवा राज्यले यो भन्दा अगाडि घोषणा गरेको छैन् । हामीले तयारीका साथ यो घोषणा गरेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले १४ वर्ष मुनिका क्यान्सर विरामीहरुलाई मंसिर २ गते देखि निःशुल्क उपचार सेवा शुरु गरिसकेको छ ।

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ११ : ०५ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको