२०८२, २८ असार शनिबार

बिवादास्पद मेडिकल व्यबसायी पक्राउ

बिवादास्पद मेडिकल व्यबसायी पक्राउ


काठमाडौ: भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले मंगलवार पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दुष्प्रचार गरेका थिए । प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटीले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार प्रसाईं विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१, ४ मंसिर मंगलबार  १० : ०९ बजे

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर

एनआरएनए यूकेको अध्यक्ष पदमा  राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा

लन्डन । एनआरएनए यूकेको अध्यक्ष पदका लागि  राजेन्द्र पुडासैनीले  उम्मेदवारी

काठमाडौंस्थित ‘फुलारी गुम्बा’ हेनुहोस् फोटो फिचर

काठमाडौं । ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो ।

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जनाघाइते

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको