२०८३, १४ आश्विन बिहीबार

बिवादास्पद मेडिकल व्यबसायी पक्राउ

बिवादास्पद मेडिकल व्यबसायी पक्राउ


काठमाडौ: भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले मंगलवार पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दुष्प्रचार गरेका थिए । प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटीले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार प्रसाईं विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१, ४ मंसिर मंगलबार  १० : ०९ बजे

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका

देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको