२०८२, २९ पुस मंगलबार

माओवादीमा प्रचण्डले गरे फेरी प्रपञ्च !

माओवादीमा प्रचण्डले गरे फेरी प्रपञ्च !

उपमहासचिव हरिवोल गजुरेल र जनार्दन शर्माको आवाजलाई दवाईयो


काठमाडौ: नेकपा माओवादी केन्द्रले विधानलाई लिपिबद्ध गर्न भन्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेर प्रचण्डले फेरी आफू बलियो बन्ने प्रपञ्च रचेकाछन् । मंगलबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेर प्रचण्डले पार्टी भित्रको कलहलाई छोपछाप पारेको बताइएको छ ।
आफु बिरुद्ध उभिएका नेताहरु महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई कार्यदलमा समावेश गरेका हुन् । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको सचिव चक्रपाणि खनालले बताए । अर्को कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेको उनले जानकारी दिए ।
यसअघि कात्तिक २६ गते बसेको बैठकले विधानमा देखिएका अस्पष्टता हल गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई तीन दिनको समय दिएका थिए । यता उपमहासचिव हरिवोल गजुरेलले र जनार्दन शर्माले पकट पटक केन्द्रीय समितिको बैठक बस्न प्रचण्डलाई दावाब दिंदै आएका छन् तर उनीहरुको आवाजलाई फेरी प्रचण्डले दबाएका छन् ।
‘मुख्यतः विधान र उपनिर्वाचनको सम्बन्धमा छलफल भयो । गतवर्ष फागुनमा विधान अनुमोदन भएको थियो । हलमा पेस गर्दा जेजति टिप्पणी आए त्यसमा अध्यक्षले जवाफ दिनेबेला विधानमा हटाउने र राख्ने सम्बन्धमा प्रतिबद्धता जनाउनुभएको थियो । त्यही कुरालाई लिपिबद्ध गर्न कार्यदल गठन गरेको हो’, सचिव खनालले भने ।
कार्यदलको दिएको सुझावका आधारमा विधान अनुमोदन गरी निर्वाचन आयोगमा पठाउने निणर्य भएको उनले बताए । आयोगमा पठाउँदा तीन महले बनाएर पठाउनुपर्ने भएको हुनाले विधानमाथि थप छलफल भएको खनालको भनाइ छ । यद्यपि विधान अधिवेशनको हलले गरेको निणर्य तलमाथि नहुने उनले बताए । गत वर्ष फागुन १ देखि ३ गतेसम्म काठमाडौंमा माओवादीको प्रथम विधान अधिवेशन भएको थियो ।

प्रकाशित मिति : २०८१, ४ मंसिर मंगलबार  ९ : ५२ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका