२०८३, २६ बैशाख आईतबार

मूलुकमा बढेको अस्थिरता र अराजकता अन्त्य गर्न जागरणसभाको आयोजना गरियो: डा.भट्टराई

मूलुकमा बढेको अस्थिरता र अराजकता अन्त्य गर्न जागरणसभाको आयोजना गरियो: डा.भट्टराई

पार्टीमा काम नगर्ने र पद चाहिने प्रवृत्तिको अन्त्य हुने


काठमाडौं: नेकपा एमालेका वागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले मंसिर ७ गते राजधानीमा आयोजना गरिएको जागरणसभामा उपस्थित भएर मूलुकमा बढेको अस्थिरता र अराजकतालाई अन्त्य गर्न अपील गर्नुभएको छ ।
एमाले बागमती प्रदेशद्वारा आज आयोजित जनसंगठन संयन्त्रको दोस्रो पूर्ण बैठकलाई सम्वोधनगर्दे उहाँले मूलुकमा बढेको अस्थिरता र अराजकतालाई अन्त्य गर्न जागरण सभाको आयोजना गरिएको बताउनु भएको हो । अहिले अस्थिरता र अराजकता मच्चाउँदै कानूनी शासनको खिल्ली उडाउने काम भइरहेको र त्यस्ता गलत काम कारबाहीका बिरुद्ध एमालेका नेता कार्यकर्ताहरु उभिनु पर्ने बताउनुभयो ।


उहाँले पार्टीमा काम नगर्ने र पद चाहिने प्रवृत्तिको अन्त्य हुने बताउँदै काम गर्नेहरु कहिल्यै पछाडि नपर्ने प्रष्ट पार्नुभयो । तोकिएको जिम्मेवारी पुरा नगर्ने, सांगठानिक गतिविधीमा सामेल नहुने तर अबसर पाइएन भनेर गुनासो गर्नेहरुको संख्या बढेको स्मरणगर्दै नेता भट्टराईले अब सबै नेता कार्यकर्ताको अभिलेख राखिने बताउनुभयो । उहाँले आगामी मंसिर १६ गतेको निर्वाचनमा एमालेका उमेदवारलाई विजयी गराउन जनसंगठनका सबै कमरेडहर जिम्मेवार ढंगले लाग्न पनि निर्देशन दिनुभयो । बैठकलाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दै उहाँले १६ गतेको निर्वाचन नेकपा एमालेले कुनै पनि अबस्थामा बिजयी बन्नु पर्ने बताउनुभयो ।
अहिले नेकपा एमालेमाथि चौतर्फी आक्रमण भइरहेको र त्यसलाई चिर्ने काम जनसंगठनहरुको भएको बताउँदै उहाँले मंसिर ७ गतेको कार्यक्रमा जनसहभागिता जुटाउन लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले ७ गतेको कार्यक्रम सफल बनाउनु जनसंगठनका नेता कार्यकर्ता सबैको जिम्मेवारी भएको बताउँदै मंसिर १६ गतेको निर्वाचन जित्नेगरी लाग्न आग्रह गर्नुभयो । उहाँले काठमाडौका मेयर वालेन र दुर्गा प्रसाई एउटै कुवाको पानी खाएको बताउँदै उनीहरुले अहिले यस्तै खाले गतिविधी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष दावा दार्जे लामा, सचिव नवराज सिलवाल लगायत जनसंगठनका नेताहरुको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१, ४ मंसिर मंगलबार  १ : ३५ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे