२०८२, २ माघ शुक्रबार

इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए

इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए


एजेन्सीः लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिएका छन् । बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले गरेको हवाई हमलाबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएका स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ ।

इजरायली लडाकु विमानले रस अल नबा क्षेत्रर सोडेको स्क्वायर कमर्सियल सेन्टरको बीचमा पर्ने कार्यालयमा आक्रमण गरेको थियो । आक्रमण अघि इजरायलले पार्टी कार्यालय खालि गर्न भनेको थियो ।

समाचार एजेन्सी सिन्हुवाले बेरुतको टिभी च्यानल अल जदिदलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार आक्रमणबाट पार्टी कार्यालय बसेको भवनको अधिकांश हिस्सा नष्ट भएको छ । भग्नावशेष हटाउँदै पीडितहरुलाई उद्धार गर्ने उद्देश्यले एम्बुलेन्सहरु तैनाथ गरिएको थियो ।

इजरायली सेनाले सन् २०२४ को सेप्टेम्बर २३ देखि हिजबुल्लाहविरुद्ध लक्षित गर्दै लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ । अक्टुबरको सुरुदेखि इजरायलले आफ्नो उत्तरी सिमानातर्फको लेबनानको भूमिमा जमिनबाटै प्रहार गर्दै आएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ४५० भन्दा बढी पुगेको छ भने १४ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रकाशित मिति : २०८१, ३ मंसिर सोमबार  १० : ३९ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति