२०८२, २ चैत्र मंगलबार

इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए

इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए


एजेन्सीः लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिएका छन् । बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले गरेको हवाई हमलाबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएका स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ ।

इजरायली लडाकु विमानले रस अल नबा क्षेत्रर सोडेको स्क्वायर कमर्सियल सेन्टरको बीचमा पर्ने कार्यालयमा आक्रमण गरेको थियो । आक्रमण अघि इजरायलले पार्टी कार्यालय खालि गर्न भनेको थियो ।

समाचार एजेन्सी सिन्हुवाले बेरुतको टिभी च्यानल अल जदिदलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार आक्रमणबाट पार्टी कार्यालय बसेको भवनको अधिकांश हिस्सा नष्ट भएको छ । भग्नावशेष हटाउँदै पीडितहरुलाई उद्धार गर्ने उद्देश्यले एम्बुलेन्सहरु तैनाथ गरिएको थियो ।

इजरायली सेनाले सन् २०२४ को सेप्टेम्बर २३ देखि हिजबुल्लाहविरुद्ध लक्षित गर्दै लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ । अक्टुबरको सुरुदेखि इजरायलले आफ्नो उत्तरी सिमानातर्फको लेबनानको भूमिमा जमिनबाटै प्रहार गर्दै आएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ४५० भन्दा बढी पुगेको छ भने १४ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रकाशित मिति : २०८१, ३ मंसिर सोमबार  १० : ३९ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका