२०८३, ७ कार्तिक शनिबार

प्रचण्डको भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति : एमालेले जनायो कडा आपत्ति

प्रचण्डको भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति : एमालेले जनायो कडा आपत्ति


काठमाडौं । दक्षिण भारतबाट सञ्चालित अंग्रेजी भाषाको अखबार ‘दि हिन्दू’मा प्रचण्डको बिहीबार आएको अन्तर्वार्तामा बोलेका केही मुद्दामा नेकपा एमालेले औपचारिक आपत्ति जनाएको छ ।

एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठले प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएका छन् । वक्तव्यमा प्रचण्डले प्रयोग गरेका ‘चिनियाँ कार्ड’ र ‘अपरिपक्वताको प्रमाण’ आदि भनेकोमा एमालेले आपत्ति जनाउँदै अंग्रेजीमै वक्तव्य निकालेको छ ।

अन्तर्वार्तामा प्रचण्डले ओलीको भारतभन्दा पहिले चीन भ्रमण हुनुमा चिनियाँ कार्ड भन्दै उनले भारतसँग नेपालको इतिहास, संस्कृति र भूगोलको निकटता भएकोले पहिलो दुईपक्षीय विदेश भ्रमण भारत नै हुनुपर्ने तर्क गरेका थिए ।

यसमा एमालेले कडा आलोचना गर्दै भनेको छ, ‘प्रचण्डको अभिव्यक्तिले नेपालले नेपालको विकास र समृद्धिका अंग रहेका दुई छिमेकी भारत र चीनसँग राख्दै आएको कोमल सन्तुलनलाई नजरअन्दाज गरेको छ ।’

प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व तथा राजनेताको रुपमा नेपालको सार्वभौमसत्तालाई ख्यालमा राखेर काम गरेको वक्तव्यमा भनिएको छ । कान्तिपुर कन्क्लेभमा प्रधानमन्त्री ओलीले भारतभन्दा चीन पहिलो भ्रमणमा जाने हो भन्ने सवालमा नेपाल जस्तो सार्वभौम देशको प्रधानमन्त्रीले जता सहज हुन्छ उतै जाने प्रतिक्रिया दिइसकेका छन् ।

प्रकाशित मिति : २०८१, १ मंसिर शनिबार  ९ : २८ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट