२०८३, ३० आश्विन शनिबार

मधेश सरकार सुस्त भएको गठबन्धनको निष्कर्ष

मधेश सरकार सुस्त भएको गठबन्धनको निष्कर्ष


जनकपुरधाम: मधेशमा सत्ता गठबन्धनले जनमत पार्टी नेतृत्वको सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सतिशकुमार सिंह नेतृत्वको सरकारले बजेट खर्च गर्न नसकेको, काम सन्तोषजनक नभएको विषय उठेको लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले बताए ।

उनका अनुसार यो विषयमा मुख्यमन्त्री, मन्त्री र गठबन्धन दलका नेताहरु बसेर बजेट खर्च हुन नसक्नुको कारण र प्रभावकारी ढंगले अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नेछ । जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार सुस्त भएको, बजेट खर्च गर्न नसकेको, काम प्रभावकारी नभएर जनतामा निराशै निराशा, गुनासै गुनासा रहेको विषय उठेको बताए ।

‘काम गर्न नसकेकाले जनतामा सरकारप्रति निकै निराश, गुनासो, विगतको सरकार भन्दा पनि खतम छन् भन्ने टिप्पणी र नेतृत्वकर्ता दलको हैसियतले बदनामी हुन थालेपछि जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेको थियो’, उनले भने ।

उनका अनुसार प्रदेश बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) नखोलिएकोले बजेट खर्चमा चुनौती देखिएकोले तुरुन्त खोल्ने र सरकारको विषयमा समीक्षा भएको छ । त्यस्तै गठबन्धन दलको नियमित बैठक बस्नुपर्ने, कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपपर्ने लगायत विषयमा छलफल भएको उनले बताए ।

प्रकाशित मिति : २०८१, २९ कार्तिक बिहीबार  ९ : ०५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा