२०८२, २८ असार शनिबार

मधेश सरकार सुस्त भएको गठबन्धनको निष्कर्ष

मधेश सरकार सुस्त भएको गठबन्धनको निष्कर्ष


जनकपुरधाम: मधेशमा सत्ता गठबन्धनले जनमत पार्टी नेतृत्वको सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सतिशकुमार सिंह नेतृत्वको सरकारले बजेट खर्च गर्न नसकेको, काम सन्तोषजनक नभएको विषय उठेको लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले बताए ।

उनका अनुसार यो विषयमा मुख्यमन्त्री, मन्त्री र गठबन्धन दलका नेताहरु बसेर बजेट खर्च हुन नसक्नुको कारण र प्रभावकारी ढंगले अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नेछ । जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार सुस्त भएको, बजेट खर्च गर्न नसकेको, काम प्रभावकारी नभएर जनतामा निराशै निराशा, गुनासै गुनासा रहेको विषय उठेको बताए ।

‘काम गर्न नसकेकाले जनतामा सरकारप्रति निकै निराश, गुनासो, विगतको सरकार भन्दा पनि खतम छन् भन्ने टिप्पणी र नेतृत्वकर्ता दलको हैसियतले बदनामी हुन थालेपछि जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेको थियो’, उनले भने ।

उनका अनुसार प्रदेश बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) नखोलिएकोले बजेट खर्चमा चुनौती देखिएकोले तुरुन्त खोल्ने र सरकारको विषयमा समीक्षा भएको छ । त्यस्तै गठबन्धन दलको नियमित बैठक बस्नुपर्ने, कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपपर्ने लगायत विषयमा छलफल भएको उनले बताए ।

प्रकाशित मिति : २०८१, २९ कार्तिक बिहीबार  ९ : ०५ बजे

काठमाडौंस्थित ‘फुलारी गुम्बा’ हेनुहोस् फोटो फिचर

काठमाडौं । ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो ।

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जनाघाइते

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज