२०८३, २८ बैशाख मंगलबार

बागमती प्रदेशमा ३ अर्ब ४४ करोडको क्षति

बागमती प्रदेशमा ३ अर्ब ४४ करोडको क्षति


मकवानपुर: बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा १९१ जनाको मृत्यु भएको छ ।

बैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडाले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर नौ जनाको मृत्यु भएको छ ।

यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए । सो अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उनको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।

ती जिल्लामा नौ हजार सात सय ७८ पंक्षी र पाँच सय १६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए । सो अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । सो कार्यालयका अनुसार विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० मूल्य बराबरको धनमालको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

पुल तथा सडक बगाएपछि सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति : २०८१, १० कार्तिक शनिबार  ११ : ०३ बजे

एमालेको आरोप: ‘नयाँ सोच’को नाममा सरकार स्वेच्छाचारी बन्दै गएको

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति कडा

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्ने गगन थापाको भनाइ

सुर्खेत । नेपाली कांग्रेसका नेता गगन थापाले कर्णाली प्रदेशमा अब

दलहरूसँग सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सरकारको नयाँ घोषणा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचतकर्ताको रकम फिर्ता

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज