२०८१, २९ कार्तिक बिहीबार

‘पर्यटन प्रवद्र्धनका अन्तर्राष्ट्रिय कार्यक्रम गर्न नीतिगत समस्या छन्’

‘पर्यटन प्रवद्र्धनका अन्तर्राष्ट्रिय कार्यक्रम गर्न नीतिगत समस्या छन्’


मणिराज लामिछाने
प्रवक्ता
नेपाल पर्यटन बोर्ड

चालु आर्थिक वर्षको बजेटमा सरकारले यस वर्ष कम्तिमा १६ लाख पर्यटक भित्र्याउने भनेर घोषणा गरेको छ । यसका लागि के कस्ता गतिविधिहरु गर्ने र कस्ता रणनीतिहरु तयार गर्ने भनेर छलफलमा छौं । १६ लाख पुर्याउन सकिन्छ भन्ने हिसाबले नयाँ नेतृत्वको टिमले काम गरिरहेको अवस्था छ ।
यतिबेला पर्यटनको सिजन सुरु भएको छ । नेपालमा सेप्टेम्बर १५ पछाडि सिजन सुरु भएको मान्छौं । संसारभरीको कुरा गर्ने हो भने सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवस भनेर मनाउने चलन छ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पुरानै हो । युरोपेलीलगायत पश्मिमा देशहरुले सिजन सकिएको खुसीयाली र नेपाललगायत एसियाली देशहरुमा चाहीं सिजन सुरु भयो भनेर उत्सव मनउने गरिन्छ । नेपालमा पछिल्लो समय पर्यटनको सिजन सुरु भएको छ । पर्यटन व्यवसायीहरु पनि आ–आफ्नो काममा पर्यटनलाई स्वागत गर्ने हिसाबले तयारी अवस्थामा छन् ।
पर्यटन आवागमन विगतको महिनाहरु भन्दा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा धेरै पर्यटक आउने महिना भएकाल सोही अनुसार तयारी पनि भइरहेको छ । नेपाल आउने पर्यटकहरु पछिल्लो समय कोभिड महामारीपश्चात यसपटक आवागमनमा परिवर्तन भएको छ । मुख्यगरी कोभिड भन्दा अगाडि सबैभन्दा धेरै भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका पर्यटकको आगमन हुन्थ्यो । भारत २० प्रतिशतको हाराहारी, चीनको १५ प्रतिशतको हाराहारी, अमेरिकाको आठ प्रतिशत बेलायतको ६ प्रतिशत र श्रीलंकाको पाँच प्रतिशतको हिसाबमा आगमन हुन्थ्यो
तर कोभिड पश्चात सबैभन्दा धेरै भारतीय पर्यटकहरु नेपाल आइरहेका छन् । जसमा हवाई माध्यमबाट आउने भारतीय पर्यटकको संख्या ५९ प्रतिशतसम्म पुगेको थियो । अहिले पछिल्लो २४ को पहिलो आठ महिना भारतबाट आउने पर्यटकहरुको संख्या ३० देखि ३५ प्रतिशतको हाराहारीमा छ । अमेरिकीहरुको बजार आठ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको छ । चिनियाँ बजार १५ प्रतिशत हुनुपर्ने हो तर अहिले घटेर आठ प्रतिशत मात्र देखिएको छ । बेलायती बजार ६ देखि सात प्रतिशतको बीचमा छ । यस्तै श्रीलंकन बजार पनि अलिकति घटिरहेको अवस्था देखिन्छ । समग्र रुपमा हेर्ने हो भने नेपाल आउने पर्यटकहरुलाई चार क्याटागोरीमा विभाजन गरेर हेर्ने गर्छौ ।
सबैभन्दा धेरै ६० देखि ६५ प्रतिशत होलिडे अथवा लिजर समय लिएर पर्यटकहरु नेपाल आउने गर्छन । १०देखि १५ प्रतिशत ट्रेकिङका लागि आएको देखिन्छ । धर्मकर्ममा जाने भनेर आएका पर्यटक आठ देखि १० प्रतिशत आएको देखिन्छ । बाँकी पर्यटक अन्य कामको लागि आएको पाइन्छ ।
मुख्य रुपमा हाम्रो अघिल्लो सिजनको कार्यकाल माघको मध्यतिर सकिए पछाडि पर्यटन बोर्डमा नेतृत्वको अभाव थियो । नियमित काममा पनि केही समस्याहरु थिए । दुई हप्ता अगाडि नयाँ नेतृत्व पर्यटन बोर्डले पाएको छ । नयाँ नेतृत्व आइसके पछाडि नयाँ उर्जा, जोश जाँगर र नयाँ इतिहास रच्ने हिसाबले नेतृत्वले काम गरिरहेको छ ।
यतिबेला हामी बजेटले पुर्नलेखन गर्ने काम गरिरहेका छौं । पर्यटन गतिविधि गर्न र जतिसक्दो प्रवद्र्धनका कार्यक्रमको तयारीमा जुटेका छौं । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस वर्ष कम्तिमा १६ लाख पर्यटक भित्र्याउने भनेर घोषणा गरेको छ । यसका लागि के कस्ता गतिविधिहरु गर्ने र कस्ता रणनीतिहरु तयार गर्ने भनेर छलफलमा छौं । १६ लाख पुर्याउन सकिन्छ भन्ने हिसाबले नयाँ नेतृत्वको सम्पूर्ण टिमले काम गरिरहेको अवस्था छ ।
हुनत नेपाल आउने पर्यटकहरु संख्या कि गुणस्तरको भन्ने पनि बहस छ । गुणात्मक कि संख्यात्मक भन्ने कुरामा जहिलेपनि बहस चलिरहेको हुन्छ । सन् १९९८ मा भिजिट नेपाल इयरमा पर्यटन सूची बनाउँदा कम्तिमा पाँच लाख भनेर संख्याकोे कुरा गरेका थियौं । नेपाल भ्रमण वर्ष २०११ मनाउँदा कम्तिमा पर्यटकको संख्या १० लाख पुर्याउने भन्ने हिसाबमा काम कारवाही गतिविधिहरु गरेका थियौं ।
भिजिट नेपाल २०२० भनेर मनाइरहँदा २० लाख पर्यटक भित्र्याउने कुरा गरेका थियौं । कुनै न कुनै हिसाबबाट संख्याको हिसाब राखिएकै छ । सबै देशमा संख्यात्मक कुरा गर्ने चलन छँदैछ । यति भनिरहँदा हामीले संख्या मात्र बढाउन लागेका होइनौं । गुणात्मक पर्यटक आउन भन्ने हामी सबैलाई लाग्नु स्वभाविक हो । पूर्वको कञ्चनजंघाबाट लिएर पश्चिमको अपिसम्म उत्तिकै महत्वपूर्ण सम्पदाहरु छन् र उत्तिकै पर्यटकहरुलाई आकर्षण गर्ने गन्तब्यहरु रहेकाले तिनीहरुको प्रवद्र्धन गर्न हामी सबै एकसाथ जुटेका छौं । आएका पर्यटकहरु सिमित ठाउँमा मात्र नभएर सकेसम्म पूर्वदेखि पश्चिमसम्म जाउन भन्ने राज्यको नीति नै हुन्छ । सबै ठाउँमा पर्यटक पुर्याउनका लागि मात्र संख्याको कुरा गरिएको हो ।
हालका सबै गतिविधि र परिणामले टुरिज्मको मार्केट त झन् सशक्त रुपमा अगाडि बढिरहेको छ भन्ने जनाउँछ । प्रिमियम ब्रान्चहरु नेपालमा सायदै आउथे होला । त्यसैगरी मुस्ताङको रिसोर्ट चिन्तामणि भनेर सुन्नु भएको होला, त्यो नेपालको अहिलेसम्ममा सबैभन्दा राम्रो पैसा चार्ज गर्ने रिसोर्टका रुपमा चिनिएको छ । त्यो पनि राम्रो तरिकाले चलिरहेको छ । काठमाडौं उपत्यका र पोखरामा पनि लग्जरी होटलहरु छन्, ट्रेकिङ एरिया मुस्ताङ, यता चितवनमा पनि लग्जरी होटल र लग्जरी ब्रान्चहरु आउँदा लग्जरी टुरिस्ट पनि ल्याउन सक्ने हाम्रो हैसियत रहेछ भन्ने पुष्टि हुन्छ । लग्जरी टुरिस्टहरु पनि नेपालमा आएको देखिन्छ ।
संख्यात्मक भन्दा पनि गुणस्तरका पर्यटक पनि आकर्षित गर्नको लागि विभिन्न खालका लग्जरी ब्रान्डको साथै नेपाल पर्यटन बोर्डले पनि लग्जरी मार्केटहरु खोज्न ध्यान केन्द्रीत गरेको छ । अथवो स्रोत बजारहरुमा आफ्नो हिसाबको बजारीकरण गरेर बढि प्रचार प्रसारको कामहरु गरिरहेका छन् । बोर्डले निजी क्षेत्रहरुलाई समेत सहभागी गराएर संसारका मेजर डेस्टिनेशन, मेजर ट्राभल केयरहरुको सहभागिता बढाएको छ । यस्ता गतिविधिले सुरुवातदेखि नै निरन्तरता पाइरहेको थियो । तर विगतका बर्षहरुमा कतिपय फेयरहरुमा हामीले उपस्थिति जनाउन सकेनौं । त्यसमा कानूनी प्रावधानले अलिकति समस्या आएको थियो । विदेशमा कार्यक्रम कार्यान्वयन गर्नको लागि सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था अनुसार कार्यविधि बनाएर सम्बन्धित निकायमा पेश गरेका थियौं । मुख्य रुपमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा र त्यहाँ पेश गरेको विषयको सम्बन्धमा प्रतिक्रिया समयमा नआइपुग्दा अघिल्लो आर्थिक वर्षमा केही कार्यक्रमहरु गर्न सकेनौ ।
पछिल्लो फागुन–चैत्र तिर सरकारका अन्य निकाय मुख्य रुपमा परराष्ट्र मन्त्रालयलगायतले अन्तर्राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरेका कार्यविधिहरुलाई रिफ्रेन्स मानेर र मध्यम बाटो निकालेर केही कार्यक्रमहरु गरेका थियौं । तर मुख्य कार्यक्रम गर्नको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जुन कार्यविधि स्वीकृत भएर आउनुपर्ने भएकाले त्यसको प्रतिक्षामा छौं । त्यसको लागि छलफल भएर अन्तिम चरणमा पुगेको छ । त्यसैले यो बर्ष धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय पर्यटन सम्बन्धी कार्यक्रमहरुमा गर्न पायौं भने त्यो सौभाग्य हुनेछ ।
विश्वसामु नेपालको प्रचार गर्ने क्रममा उत्कृष्ट होलिडे गन्तव्य हो भनेर प्रचार गरेका हुन्छौं । उत्कृष्ट भनेपछि मान्छेले त्यही हिसाबको अपेक्षा गर्ने भए । त्यही हिसाबले होटलहरु र आवतजावतमा खासै गुनासो आउँदैन् । नेपालका कतिपय होटलहरु अन्तर्राष्ट्रिय स्तरको भन्दा पनि माथिका छन् । दिनुपर्ने सेवाहरु अन्तर्राष्ट्रिय स्तरको भन्दा माथि छ । तर पूर्वाधारको सवालमा सन्तोषजनक हुन सकिरहेको छैन । अहिले धेरै सुनिने भनेको चितवनदेखि लुम्बिनी जाने र काठमाडौंबाट पोखरा जाने रोडका बारेमा हो । लाग्ने समयभन्दा पनि बढि समय लाग्ने गुनासोहरु छन् । यसले कतिपय पर्यटकहरुलाई भनेको समयमा गन्तव्यसम्म नपुग्दा समस्या आउने गरेको छ ।
जसका कारण पर्यटन मन्त्रालयमार्फत सम्बन्धित निकायमा कम्तिमा पर्यटन क्षेत्र र मुख्य रोडहरुलाई प्राथमिकतमा राखेर विकास निर्माणका कार्यहरु गर्नको लागि अनुरोध गरेका छौ । राज्यले पनि पर्यटकलाई प्रमुख आयस्रोतको रुपमा हेरेको क्षेत्र भएकादृ प्रगती गर्न सक्ने भन्ने कुरामा सम्बन्धित निकायहरुसँग समन्वय गरेर अगाडि बढ्न थालेका छौं ।
यो पर्यटन दिवस भनेको पर्यटनकर्मीहरुका लागि दशैँ आएको जस्तो हो । आउने सिजनको लागि सबैजना तयार छौं भनेको हो । सिजन सुरु भयो भनेर गर्ने एक प्रकारको उत्सव हो । नेपाल पनि युनाइटेड नेशनको सदस्य भएको हुनाले दिवस मनाउनु दायित्व पनि हो । पहिला युएनडब्लु थियो, अहिले, यूएन् टुरिज्म भन्ने विश्व पर्यटन संगठन छ । यसले १९८० देखि विश्व पर्यटन दिवस भनेर मनाउँदै आएको छ ।
यसपालि ४५ औं पर्यटन दिवस हो । हरेक वर्ष कुनै न कुनै थिममा काम गरिरहेकै हुन्छौं । जुन पर्यटनसँग सम्बन्धित हुन्छ सोही थिममा कार्यक्रमहरु गरिन्छ । नेपालले पनि त्यही हिसाबले मनाइरहेको छ । यसपालीको थिम ‘टुरिजम् एन् पिस्’ भन्ने छ । कार्यक्रमहरु यही थिममा गर्ने भन्ने छ । मन्त्रालयबाट सबैभन्दा धेरै पर्यटक ल्याउने संस्था, सबैभन्दा धेरै बिदेशी मुद्रा आर्जन गर्ने ट्राभल कम्पनी, होटललगायतलाई अवार्ड दिने कार्यक्रम तय भएको छ ।
पछिल्लो समय पर्यटनका नयाँ नयाँ आधार र माध्यमहरु फेला परिरहेका छन् । मानिसहरुले नयाँ पर्यटनको क्षेत्र पहिचान गरेर काम गरिरहेका छन् । हवाईमा डोरी लगाएर हामफाल्ने स्काई ड्राइभिङ, आइसमा दौड प्रतिस्पर्धा गर्ने, हन्टिङ सम्बन्धि कार्यक्रम पनि विस्तारै बढिरहेको छ । पर्यटकहरु इलाममा चिया कसरी बनाइन्छ भनेर हेर्नेदेखि रोपाई महोत्सवमा सामेल हुनका लागि पनि आउँने गरेका छन् । धान काट्ने, चुट्ने अनुभव लिन पनि पर्यटकहरु पनि आइरहेका छन् । मःम बनाउन, नेपाली खाना बनाउन सिक्न, विभिन्न चाडपर्वमा घुलमिल गरेर सहभागिता जनाएर संस्कृतिबारे बुझ्न र सिक्न पर्यटकहरु आउने गरेका छन् ।
(विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  ९ : ०४ बजे

काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

धुलिखेल । काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार

काठमाडौं । गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका

बर्दिबासमा रक्तदान कार्यक्रम सम्पन्न

महोत्तरी: कामना सेवा बिकास बैंकको १८ औ वार्षिक उत्सबका अबसरमा

हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका

२ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव, कमलामाईले सामान्य कार्यक्रम गर्दै

सिन्धुलीगढी: ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन