२०८२, २८ असार शनिबार

आजको मौसम अपडेट : देशभर मनसुनी वायुको प्रभाव यी स्थानमा हुनेछ मुलधाबरे वर्षा

आजको मौसम अपडेट : देशभर मनसुनी वायुको प्रभाव यी स्थानमा हुनेछ मुलधाबरे वर्षा


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली भइरहेको छ। कोशी प्रदेशका केही स्थान र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।
आज राती देखि देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  ८ : ४७ बजे

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

काठमाडौं । नबिल बैंक स्थापनाको ४२ औँ वर्षमा प्रवेश गरेको

प्रधानमन्त्री ओलीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल उद्घाटन

झापा, बुधबारे । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका–३,

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित