२०८२, ५ भाद्र शुक्रबार

मन्त्री भण्डारीको सक्रियताले बजार मूल्य घटेको दावी

मन्त्री भण्डारीको सक्रियताले बजार मूल्य घटेको दावी


काठमाडौं । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको दावी गरेका छन् ।

नीतिगत रुपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मुल्यका पसलहरु सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उनको दावी छ ।   

अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैंयाँ र खाने तेलमा प्रतिलिटर १० रुपयाँ घटेको, यसका साथै नून, दाल, पिठो, मैदाको पनि मुल्य घटेको मन्त्रीको सचिवालयले जनाएको छ ।  सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित सुपथ मुल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरु उपलब्ध भइरहेका दावी गरिएको छ ।

चाडपर्वको समयमा उपभोग्य बस्तुहरुको मुल्य घटेपछि उपभोक्तालाई सहज भएको र खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको पर्याप्तता रहेको बताइएको छ ।

मन्त्री भण्डारीको निर्देशनमा तिव्र रुपमा बजार अनुगमन भइरहेको सचिवालयले जनाएको छ । ७ असोजमा ३५ रुपैंयाँ पर्ने बोतलको पानी एकसय रुपैंयाँमा बिक्री गरेको पाइएपछि काठमाडौंस्थित जिम्बु रेष्टुरेण्टलाई कारवाही गरी तीन लाख रुपयाँ जरिवाना अशुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी भन्दा बढि मुल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ ।

मन्त्री भण्डारीले एक सय दिनका लागि तयार गरेको कार्य योजनामा ४ हजार ३ सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पूर्वसूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरु उल्लेख गरेका छन् ।

नियमित रुपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रिएको सामानहरु बिक्री वितरणमा कमी आएको जनाइएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहिन खानेकुरा बिक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढंगले लाग्ने बताएका थिए । उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमीतता रोक्नुपर्ने बताएका थिए । सोही अनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन नीगितग सुधार गर्दै आएका हुन् ।

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  १२ : १७ बजे

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल निर्यात ११३० मेगावाट नाघ्यो

काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने सहमति

वाग्मती प्रदेश पूर्ण खोप घोषणा, प्रधानमन्त्री ओलीको सपना साकार भएको छ : मन्त्री थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रधानमन्त्री

नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक : सरकार परिवर्तन हल्ला असत्य

काठमाडौँ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक

पाथिभरा देवीको कृपाले यी तीन राशिहरूको चम्किनेछ भाग्य

नेपालको प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीलाई इच्छापूर्ति गर्ने देवीको रूपमा पूजा

संसदका दुवै सदनको बैठक आज, भूमि र नागरिकता विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज