२०८२, ३० चैत्र मंगलबार

मन्त्री भण्डारीको सक्रियताले बजार मूल्य घटेको दावी

मन्त्री भण्डारीको सक्रियताले बजार मूल्य घटेको दावी


काठमाडौं । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको दावी गरेका छन् ।

नीतिगत रुपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मुल्यका पसलहरु सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उनको दावी छ ।   

अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैंयाँ र खाने तेलमा प्रतिलिटर १० रुपयाँ घटेको, यसका साथै नून, दाल, पिठो, मैदाको पनि मुल्य घटेको मन्त्रीको सचिवालयले जनाएको छ ।  सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित सुपथ मुल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरु उपलब्ध भइरहेका दावी गरिएको छ ।

चाडपर्वको समयमा उपभोग्य बस्तुहरुको मुल्य घटेपछि उपभोक्तालाई सहज भएको र खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको पर्याप्तता रहेको बताइएको छ ।

मन्त्री भण्डारीको निर्देशनमा तिव्र रुपमा बजार अनुगमन भइरहेको सचिवालयले जनाएको छ । ७ असोजमा ३५ रुपैंयाँ पर्ने बोतलको पानी एकसय रुपैंयाँमा बिक्री गरेको पाइएपछि काठमाडौंस्थित जिम्बु रेष्टुरेण्टलाई कारवाही गरी तीन लाख रुपयाँ जरिवाना अशुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी भन्दा बढि मुल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ ।

मन्त्री भण्डारीले एक सय दिनका लागि तयार गरेको कार्य योजनामा ४ हजार ३ सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पूर्वसूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरु उल्लेख गरेका छन् ।

नियमित रुपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रिएको सामानहरु बिक्री वितरणमा कमी आएको जनाइएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहिन खानेकुरा बिक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढंगले लाग्ने बताएका थिए । उनले व्यापारिक क्षेत्रको बदमासी र अनियमीतता रोक्नुपर्ने बताएका थिए । सोही अनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन नीगितग सुधार गर्दै आएका हुन् ।

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  १२ : १७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४