२०८३, २६ आश्विन मंगलबार

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्। जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट लामिछानेविरूद्व पक्राउ पुर्जी जारी भएको हो।

रविलाई पनि आजै पक्राउ गर्ने गरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लामिछानेलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ। लामिछाने भने पार्टीका नेताहरुसँग पार्टी कार्यालय वनस्थलीमा आन्तरिक छलफलमा छन्।

जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो। सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिए लगत्तै प्रहरीले छविलाल बन्जाडे जोशीलाई आज साँझ पक्राउ गरिसकेको छ। उनलाई आजै पोखरा लैजाने तयारी छ ।

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार  ६ : ३० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल