२०८२, १७ पुस बिहीबार

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी


कोलम्बो । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दोस्रो चरणको मत गणनापछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिनेछन् । पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक मत ल्याउन नसकेपछि पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए ।

चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो । श्रीलंकाको राष्ट्रपतीय चुनाव पहिलो पटक दोस्रो चरणको मतगणनामा पुगेको हो । श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।

पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२।३१ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२।७६ प्रतिशत मत पाएका थिए । दोस्रो कार्यकालको राष्ट्रपति बन्ने दौडमा रहेका राष्ट्रपति रनिल विक्रमासिंघेले १७।२७ प्रतिशत मत मात्र पाए । चुनावमा ३८ जना उम्मेदवार थिए । श्रीलंकामा इतिहासकै खराब आर्थिक संकटपछि २०२२ मा देशव्यापी विरोध प्रदर्शन सुरू भएको थियो । जसका कारण देश छाडेर भागेका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका थिए । त्यसयता शनिबार पहिलो चुनाव भएको हो । एजेन्सी

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार  ६ : ०४ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण