२०८२, २० चैत्र शनिबार

असमझदारीबाट सुरु भएर संविधान संशोधन गर्ने कुरा अनुचित हुन्छ

असमझदारीबाट सुरु भएर संविधान संशोधन गर्ने कुरा अनुचित हुन्छ


काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानलाई स्थायीत्व दिने र व्यवहारमा अझ प्रभावकारी बनाउनेगरी संशोधन गर्नुपर्ने बताएका छन् ।

आइतबार संविधानसभा सदस्य परिषद् नेपाल केन्द्रिय तदर्श समितिले १० औं संविधान दिवसमाको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संशोधनको विषय कसले उठायो त्यसको पक्षमा कि विपक्षमा जाने भन्ने कुराबाट नै असमझदारी सुरु भएर संविधान संशोधन गर्ने कुरा अनुचित हुने र त्यसले परिणाम पनि नराम्रो ल्याउने बताए ।

उनले भने, ‘सन्दर्भ अहिले संविधान संशोधनको उठिरहँदा खेरी केही कुराहरु आए मलाई खुसी लागेको छ । किनभने यो ठिक ठाउँमा आएका छन् । मलाई के लाग्छ भने संविधान निर्माण गर्ने एउटा काम थियो । कार्यान्वयनको ९ वर्ष विताएर हामी १० औं वर्षम प्रवेश गरेका छौं । यसबीचमा हामीले अनुभूत  गरेको कुरा संशोधन गर्ने प्रकृया मार्फत संशोधन गर्ने र यसलाई अझ स्थायीत्व दिने र व्यवहारमा अझ प्रभावकारी बनाउने उपायहरु खोज्ने यो बेला स्वभाविक हो । तर यो सबै गर्दा संशोधनको विषय कसले उठायो? त्यसको पक्षमा कि विपक्षमा जाने भन्ने कुराबाट नै असमझदारी सुरु भएर संविधान संशोधन गर्ने कुरा उचित हुँदाहुँदै अनुचित हुन सक्छ परिणाम पनि नराम्रो ल्याउन सक्छ ।’

सभामुख घिमिरेले संविधान संशोधनलाई सबैको सहमति र सहकार्य न्यूनतम पनि हुनुपर्ने भन्दै समझदारीबाट निकास दिएर यसलाई संशोधन गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘यसलाई अलि व्यवस्थित ठाउँबाट लानुपर्छ । र सबैको सहमति चाहिन्छ अथवा सहकार्य न्यूनतम पनि हुनुपर्छ र एउटा समझदारीबाट निकास दिएर यसलाई संशोधन गर्नुपर्छ । त्यसको अगुवाई यो समितिले व्यवहारीक रुपमा गर्नु उचित हुन्छ । त्यो दिशामा ध्यान जानुपर्छ ।’

प्रकाशित मिति : २०८१, ६ आश्विन आईतबार  ५ : १३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।