२०८२, २ असार सोमबार

असमझदारीबाट सुरु भएर संविधान संशोधन गर्ने कुरा अनुचित हुन्छ

असमझदारीबाट सुरु भएर संविधान संशोधन गर्ने कुरा अनुचित हुन्छ


काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानलाई स्थायीत्व दिने र व्यवहारमा अझ प्रभावकारी बनाउनेगरी संशोधन गर्नुपर्ने बताएका छन् ।

आइतबार संविधानसभा सदस्य परिषद् नेपाल केन्द्रिय तदर्श समितिले १० औं संविधान दिवसमाको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संशोधनको विषय कसले उठायो त्यसको पक्षमा कि विपक्षमा जाने भन्ने कुराबाट नै असमझदारी सुरु भएर संविधान संशोधन गर्ने कुरा अनुचित हुने र त्यसले परिणाम पनि नराम्रो ल्याउने बताए ।

उनले भने, ‘सन्दर्भ अहिले संविधान संशोधनको उठिरहँदा खेरी केही कुराहरु आए मलाई खुसी लागेको छ । किनभने यो ठिक ठाउँमा आएका छन् । मलाई के लाग्छ भने संविधान निर्माण गर्ने एउटा काम थियो । कार्यान्वयनको ९ वर्ष विताएर हामी १० औं वर्षम प्रवेश गरेका छौं । यसबीचमा हामीले अनुभूत  गरेको कुरा संशोधन गर्ने प्रकृया मार्फत संशोधन गर्ने र यसलाई अझ स्थायीत्व दिने र व्यवहारमा अझ प्रभावकारी बनाउने उपायहरु खोज्ने यो बेला स्वभाविक हो । तर यो सबै गर्दा संशोधनको विषय कसले उठायो? त्यसको पक्षमा कि विपक्षमा जाने भन्ने कुराबाट नै असमझदारी सुरु भएर संविधान संशोधन गर्ने कुरा उचित हुँदाहुँदै अनुचित हुन सक्छ परिणाम पनि नराम्रो ल्याउन सक्छ ।’

सभामुख घिमिरेले संविधान संशोधनलाई सबैको सहमति र सहकार्य न्यूनतम पनि हुनुपर्ने भन्दै समझदारीबाट निकास दिएर यसलाई संशोधन गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘यसलाई अलि व्यवस्थित ठाउँबाट लानुपर्छ । र सबैको सहमति चाहिन्छ अथवा सहकार्य न्यूनतम पनि हुनुपर्छ र एउटा समझदारीबाट निकास दिएर यसलाई संशोधन गर्नुपर्छ । त्यसको अगुवाई यो समितिले व्यवहारीक रुपमा गर्नु उचित हुन्छ । त्यो दिशामा ध्यान जानुपर्छ ।’

प्रकाशित मिति : २०८१, ६ आश्विन आईतबार  ५ : १३ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार