२०८२, १८ मंसिर बिहीबार

मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द

मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द


काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ ।

व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै व्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सुदूरपश्चिमको धनगढीमा गत भाद्र २० गते सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका मोबाइल व्यवसायीका लागि लक्षित गर्दै आयोजना गरेको रिटेल मीट कार्यक्रममा व्यवसायीहरुले मार्जिनको बिषय उठाउँदा कार्यक्रम नै भाडिएको थियो । सो कार्यक्रम व्यवसायीहरुले बहिष्कार नै गरेका थिए ।

नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको विषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए ।

‘व्यवसाय सम्बन्धि कुनै पनि बिषय कार्यक्रमका शिलशिलामा उठ्छन, मार्जिनको बिषय त केन्द्रको चासोको विषय नै थियो,त्यो स्वभाविक पनि हो, कार्यक्रममा उठेका विषयलाई सामसुङ नेपालले सम्बोधन गर्नु पर्नेमा वातावरण झन बिथोल्ने अवस्था बन्यो, यो सुखद होइन,’ महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले भने ।

महासंघले सोही विषयलाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जस अनुसार आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी(मोबाइल डिस्प्ले) पसलबाट  हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका ब्यवसायीक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

महासंघका उपाध्यक्ष रमेश घिमिरेले महासंघले उठाएको विषयलाई सम्बोधन गरेर वातावरण सहज बनाउने दिशामा कम्पनीले चासो नदिए पहिलो चरणको दवाबमुलक कार्यक्रम पछि थप कार्यक्रम घोषणा गरिने बताए ।

धनगढीमा आयोजित रिटेल मीटमा व्यवसायीहरुले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए ।

तर सामसुङ नेपालका प्रतिनिधिहरुले भने सो विषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै व्यवसायीहरुलाई जुन कार्यक्रमका लागि बोलाइएको त्यो बाहेक अन्य विषयमा छलफल नै नहुने जवाफ दिएका थिए ।

महासंघका सुदूरपश्चिम अध्यक्ष सुरेश सापकोटाले आयोजकले व्यवसायीहरुलाई अपमानित व्यवहार गरेकाले त्यसपछि व्यवसायीहरु कार्यक्रम नै बहिष्कार गरेर हिडेको बताएका थिए ।

प्रकाशित मिति : २०८१, २६ भाद्र बुधबार  ११ : २३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको