२०८२, २७ असार शुक्रबार

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक, एक जना फोटो पक्रकार र रिपोर्टरलगायत छन् ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ ९२५ भदौदेखि १२ असोज० सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर ९६–७ असोज० मा हुने तय भएको छ । महासभामा भाग लिन प्रधानमन्त्री ओली सेप्टेम्बर २१ तारिक न्यूयोर्क पुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समिट अफ द फ्युचरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुभएको थियो । पछिल्लो पटक असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको यो नै पहिलो विदेश भ्रमण हो ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ८ : ४० बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत