२०८२, ५ फाल्गुन मंगलबार

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक, एक जना फोटो पक्रकार र रिपोर्टरलगायत छन् ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ ९२५ भदौदेखि १२ असोज० सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर ९६–७ असोज० मा हुने तय भएको छ । महासभामा भाग लिन प्रधानमन्त्री ओली सेप्टेम्बर २१ तारिक न्यूयोर्क पुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समिट अफ द फ्युचरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुभएको थियो । पछिल्लो पटक असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको यो नै पहिलो विदेश भ्रमण हो ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ८ : ४० बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा