२०८३, २ आश्विन शनिबार

महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन : मन्त्री साह

महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन : मन्त्री साह


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)ले महिला र पुरुषबीच लैगिंक भेदभाव अन्त्य गर्न सरकार लागिपरेको बताएका छन् ।

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बिचको खाडल पुर्नेगरी काम गरिरहेको बताए । उनले भने, ‘महिला र पुरुषको बिचमा खाडल हुने अवस्था छैन । मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदनहरु गम्भिरतापूर्वक कार्यान्वयनका लागि सरकारको क्षमता अनुसार दातृ निकायहरुसँग समन्वय गरेर हामी आफ्नो समस्याहरुलाई निदान गर्ने र महिलाहरुको अवसरलाई उकासेर पुरुषको बराबरीको अवस्थामा ल्याउने दायित्व हो । आजको एक्काइसौं शताब्दीको  युगमा महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन ।’

लैंगिक समानताको अधिकार कै कारण युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुको प्रगति भएको मन्त्री साहको भनाइ छ ।नेपालमा पुरुष मात्र काममा जाने र महिलालाई चुलोचौकोमा थुनेर राख्ने प्रवृति रहेको उल्लेख गर्दै उनले जनचेतना फैल्याउँदै यसको अन्त्य गर्नुपर्ने बताए । ‘युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुमा प्रगति हुनुको मुख्य कारण नै लैंगिक समानताको अधिकार हो ।  नेपालमा पुरुष मात्र  काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने गरेको पाइन्छ ।

त्यो अवस्था अब हँुदैन । अब बिस्तारै चेतनाको विकास भइरहेको छ । महिला र पुरष मिलेर काम गर्ने हो भने हाम्रो देशबाट पनि छिट्टै गरिबी हट्छ,’उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१, १८ भाद्र मंगलबार  २ : ०० बजे

संविधानलाई कानुन होइन, संस्कारको रुपमा अभ्यास गर्नुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता