२०८३, २१ आश्विन बिहीबार

क्रिकेटर सन्दीपविरुद्ध सर्वोच्चमा मुद्दा पुनरावेदनको तयारी

क्रिकेटर सन्दीपविरुद्ध सर्वोच्चमा मुद्दा पुनरावेदनको तयारी


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो ।

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ परिवर्तित नामले मुद्दा अगाडि नबढाई दिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन् ।

महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति : २०८१, १७ भाद्र सोमबार  ३ : ०९ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक