२०८२, १ आश्विन बुधबार

अर्थमन्त्री पौडेको युवालाई स्वदेशमै रोजगारीको अवसर खोज्न आह्वान

अर्थमन्त्री पौडेको युवालाई स्वदेशमै रोजगारीको अवसर खोज्न आह्वान


काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको जलविद्युत्, पर्यटन, कृषि र सेवा क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै युवालाई स्वदेशमै रोजगारीको अवसर खोज्न आह्वान गरेका छन् ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देहीशाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । स्वदेशमै रोजगारी र शिक्षाका उचित अवसरको अभावका कारण नेपाली युवाको पलायन बढ्दो क्रममा रहेका बेला यो अपिल गरिएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठनको अनुमानअनुसार नेपालमा हरेक वर्ष करिब चार लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । तर, तीमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गरेका छन्, मुख्यतः स्वदेशमै रोजगारीको अवसर नपाउँदा । सन् २०१९ को डिसेम्बरमा केन्द्रीय बैंकको एक प्रतिवेदनअनुसार नेपालको प्रमुख निर्यातमध्ये एक श्रम हो र अधिकांश ग्रामीण परिवारहरू अहिले घरबाट टाढा रोजगारीबाट कम्तीमा एक सदस्यको कमाइमा निर्भर छन् ।

नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार आर्थिक वर्ष २०६६/०७७ देखि २०७७/७८ को बीचमा वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई ४७ लाखभन्दा बढी नयाँ श्रम स्वीकृति प्रदान गरिएको छ । १५ देखि ५९ वर्ष उमेर समूहका करिब ६२ प्रतिशत जनसंख्या भए तापनि युवाहरूको बढ्दो पलायनले देशलाई आफ्नो जनसांख्यिकलाभांशको पूर्ण उपयोग गर्नबाट रोक्न सक्ने विज्ञहरूको चिन्ता छ।

विप्रेषणले नेपाललाई गरिबी निवारणमा सहयोग पुर्‍याएको र नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख स्रोत भए पनि नेपालले विप्रेषणमा निर्भरता यथाशीघ्र अन्त्य गर्नुपर्ने चेतावनी उनीहरुले दिएका छन् । यसले देशलाई सामाजिक–आर्थिक प्रगतिका लागि आवश्यक पर्ने युवाबाट बञ्चित गराउँछ ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा केही कमी आए पनि विप्रेषण आप्रवाह १६।५ प्रतिशतले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । सकारात्मक आर्थिक सूचकलाई उल्लेख गर्दै पौडेलले राजस्व संकलनमा ३० प्रतिशतको वृद्धिले अर्थतन्त्रलाई सन्तुलित बनाउने तर समग्र आन्तरिक उत्पादन र मागमा आएको कमीले समग्र अर्थतन्त्रलाई नै दबाबमा पारेको दाबी गरे । औद्योगिक उत्पादन औसतमा क्षमताको करिब ४० प्रतिशत मात्र छ पौडेलले भने।

नेपालको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा ३२।६ प्रतिशतले वृद्धि भई २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । अर्थशास्त्री जगदीशचन्द्र पोखरेलले हालै एनबीएलाई भनेका थिए,आन्तरिक क्षेत्र अझै चलायमान हुन सकेको छैन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले भने, अधिकांश उद्योग, विशेषगरी साना तथा मझौला उद्योगले आफ्नो क्षमताको ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन गर्दै आएका छन् । पछिल्ला महिनाहरुमा आर्थिक गतिविधि केही बढेको जस्तो देखिए पनि बजारमा अधिकांश सटर बन्द नै छन्, उनले भने।

चाडबाडको समयमा मानिसहरुले बढी खर्च गर्ने भएकाले आगामी चाडबाडले आर्थिक गतिविधिलाई बढावा दिने अपेक्षा गरिएको छ । पछिल्लो जनगणनाप्रतिवेदनले पनि करिब २१ लाख नेपाली नेपालबाहिर रहेको देखाएको छ । त्यस्तै, नेपालीले विदेशमा अध्ययनका लागि खर्च गरेको रकम गत आवमा २४.६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब २५ अर्ब १३ करोड, आव २०७५/७६ मा एक खर्ब ४२ अर्ब र आव २०७६/७७ मा ६७ अर्ब ७० करोड रुपैयाँ खर्च भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

शुक्रबारको कार्यक्रममा पौडेलले निर्णय प्रक्रियामा निजी क्षेत्रलाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीका समस्या सुन्न र संवादका माध्यमबाट समाधान खोज्न सरकार तयार रहेको पनि बताएका थिए । रासस

प्रकाशित मिति : २०८१, १५ भाद्र शनिबार  ८ : ४७ बजे

सरकारद्वारा असोज १ मा सार्वजनिक बिदा, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । नेपाल सरकारले जेनजी पुस्ताद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा

सेनाका २२ जना सवार ट्रक दुर्घटना, ६ गम्भीरसहित १६ घाइते

हेटौंडा । नेपाली सेनाका २२ जना जवान सवार ट्रक मंगलबार

विश्वकर्मा पूजा आज देशभर मनाइँदै, औद्योगिक क्षेत्रदेखि सवारी साधनसम्म पूजाआजा

काठमाडौं । आज देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदैछ। कन्या

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय

काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहँदा अरब सागर तथा