२०८२, २६ असार बिहीबार

राजश्व चुहावट कडाइका साथ नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

राजश्व चुहावट कडाइका साथ नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजश्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्ने जस्ता गलत कार्यलाई रोक्न निर्देशन दिनुभएको हो । उहाँले रु १५ खर्बसम्म राजश्व संकलन हुने अर्थतन्त्रको क्षमता भएकोले लक्ष्यअनुसार संकलन हुन के के गर्नुपर्छ, त्यस्को ठोस योजना ल्याउन आग्रह गर्नुभयो ।

छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ९ : ४३ बजे

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार