२०८२, २६ असार बिहीबार

गौरापर्व विशेष समारोहमा नेताहरुविरुद्ध नाराबाजी, देउवा जंगिए

गौरापर्व विशेष समारोहमा नेताहरुविरुद्ध नाराबाजी, देउवा जंगिए


काठमाडौं । सोमबार सैनिक मन्च टुडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीहरुले नेताहरु विरुद्ध नाराबाजी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोल्दैगर्दा नाराबाजी भएपछि देउवा आक्रोशित हुँदै आन्दोलनकारीलाई गाली गरेका थिए । आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’ प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए । सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जंगिएका थिए ।

यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन ।’ गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए । नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए । देउवा अघि प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएको थियो ।

नाराबाजीमा सहभागीहरुले बालेन्द्र शाह(बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले बर्षेनी काठमाडौंमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  ६ : ५२ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत