२०८३, ६ आश्विन बुधबार

गाडी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्षको मृत्यु

गाडी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्षको मृत्यु


सुर्खेत । सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको ज्यान गएको छ ।

सोमबार सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।कार्कीलाई दुर्घटनालगत्तै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो ।

उनको उपचारका क्रममा करिब राति २ बजे निधन भएको प्रहरीको भनाइ छ । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए । उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामाका श्रीमान हुन् ।

प्रकाशित मिति : २०८१, ४ भाद्र मंगलबार  १० : १२ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१