२०८२, १० कार्तिक आईतबार

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट


काठमाडौं । चार दिनको भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । भारत भ्रमणका लागि आइतबार दिल्ली पुगेकी उनले आज साँझ साढे ७ बजे नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेकी हुन् ।

भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् । भेटपछि मन्त्री राणाले भनिन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् ।

उक्त भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीले राणाले निमन्त्रणा हस्तान्तरण गरेको जानकारी दिए । भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको थियो । उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा थिइन् ।

भारतको तर्फबाट उक्त शिष्टाचार भेटमा भारतको तर्फबाट मोदीसहित, विदेशमन्त्री एस। जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव थिए । परराष्ट्र स्रोतका अनुसार ओलीले यस पटक प्रधानमन्त्री भएपछि आफू पहिला भारत जाने भन्दा पनि भारतबाट प्रधानमन्त्री मोदीलाई पहिलो नेपालमा स्वागत गर्ने र त्यसपछि मात्र नयाँ दिल्लीको भ्रमण गर्ने योजना बताएका छन् ।

‘त्यही योजनाअनुसार परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा मोदीलाई हस्तान्तरण गरेकी हुन्,’ परराष्ट्रका ती अधिकारीले भने । मन्त्री राणाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । भेटका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २०८१, ३ भाद्र सोमबार  ९ : ४९ बजे

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका

आइतबार विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम